पाँचथर। ढुंगाले लागेर पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर ५ का एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३५ वर्षिय नरथपल अहमद रहेका छन् ।
गएराती सुतिरहेका बेला ढुंगा झेरेर लाग्दा क्याम्पमा सुतिरहेका अहमदको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सँगै रहेका उनका एक साथी सामान्य घाईते भएका छन् ।
अहमद एसएस.कन्स्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको नाँखाखोला पुलको काम गर्दे आएको कम्पनीका प्रवन्ध निर्देशक शैलेन्द्र कुरुम्बाङले बताए । दश जना क्याम्पमा बसेका उनलाई ढुंगाले टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।
इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विजय कार्कीको नेतृत्वमा र मौवा प्रहरी चौकी बाट प्रहरी घटनास्थलमा गएको उनले बताए। सम्भव भए सम्म उनको पोष्टमार्टम मिक्लाजुङ गाउँपालिकाको केन्द्र रविमै गर्ने तयारी गरिएको नभए जिल्ला अस्पताल पाँचथरमा गरिने प्रहरीले जनाएको छ ।