प्रधानमन्त्रीको गृह जिल्लामा छैन लकडाउन, रासायनिक मल लिन किसानको भीड, प्रहरीको लाठी
युबराज रेग्मी।
प्रकाशित २०७६ चैत २९ शनिबार
976
Shares
झापा। प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री युवराज खतिवडा तथा प्रदेस न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको गृह जिल्ला झापाको कमल गाउँपालिका वडा न १ सोलमारीमा शनिबार बिहानै स्थिती तनाबग्रस्त भएको छ। अनाजको भन्डार मानिने झापा जिल्लाको अधिकाम्स भुभागमा लगाइएको चैते धान र मकै बालीका लागि रासायनिक मलको विषयमा गाउँमा तनाव भएको हो।
देशैभरि लकडाउन भएपनि त्यसलाई अवज्ञा गर्दै प्रधानमन्त्रीको जिल्ला झापामा त्यसलाई तोडिएको छ। लकडाउनकै बेलामा अत्यावश्यक बस्तुको आपूर्ती गर्ने सरकारको प्रतिवद्धता समेत पुरा नहुँदा झापामा कोरोना संक्रमणको खतरा बढेको छ। यतिखेर हेरक दिन रासायनिक मल लिन किसानहरु विभिन्न विक्री के्न्द्रमा तछाडमछाँडमा भेटिन्छन। तर यिनको समस्या समाधामा सरकार मुकदर्शक जस्तै बन्दा खतरा मडारिरहेको छ।
रासायनिक मलको हाहाकार भएपछि झापाका प्रत्येर्क गाउँक्षेत्रमा अहिले यहि स्थिति रहेको छ। बिगतका बर्षहरुमा झै धान बालीको समयमा रासायनिक मलको आपूर्ति अभाब यस बर्ष झन बढेपछि झापामा दिनदिनै तनावको खबर छ। कोरोना भाइरस संक्रमणको महामारीको आपूर्ति ब्यबस्था प्रभावित हुँदा रासायनिक मलको हाहाकार जिल्लाभर पाइन्छ ।
जिल्लाभर रहेका विभिन्न कृषि सहकारी तथा मल बितरण केन्द्र मार्फत निश्चित कोटाको मल आपूर्तिले किसानको ठूलो मागलाई थेग्न नसक्दा जिल्लाको कृषि उपजमा गिरावट आउने आशंका स्थानियक कृषकहरुले गरेका छन्। जस्को प्रभाब देसको कुल ग्राहस्थ उत्पादनमा पर्ने देखिएको छ।
स्वयं प्रधानमन्त्रीको गृह जिल्ला झापाको कमल गाउपालिका वडा न १ सोलमारीमा रहेको मल बितरण केन्द्रमा सयौं कृषकहरु रासायनिक मल(युरिया) लिन एकाबिहानदेखि घुइँचो लागेपनि पाउन सकेनन्।
कमल गाउँपालिका वडा न १ सोलमारी स्थित द्रब्यलाभ कृषि सहकारी संस्थाले बिक्री बितरणका लागि ४० बोरा युरिया मल ल्याएको थाहा पाउनासाथ सयौ किसानहरु एकाबिहानै बितरण स्थलमा लामबद्द भएका थिए।
सहकारीलाई उपलब्ध ४० बोरा मल प्रति किसान २० केजिको दरले बितरण गरिने जानकारी पाउनासाथ आसपासका सयौं किसानहरु एकाबिहानै मल लिन लामबद्द भएका थिए ।
शनिबार बिहान ७ बजेबाट प्रति ब्यक्ति २० केजीका दरले बाड्ने तय गरिए पनि किसानहरुको अत्याधिक भिडका कारण मल बितरकलाई हम्मे हम्मे परेपछी बितरण कार्य स्थगित गरिएको थियो ।
झापाका अधिकांश सहकारीहरुले कोरोना भाईरस नियन्त्रणका निमित्त सरकारले आव्हान गरेको लकडाउनलाई उलंघन गर्दै रासायनिक मल बितरण गर्दै आएका छ्न् ।
मलको हाहाकार भए पछि मल बितरण गरिने अधिकांश स्थानहरुमा कृषकहरुको अत्याधिक घुइँचो लाग्दा कोरोना संक्रमणको खतरा पनि त्यतिकै छ। तर सबै खतरा मोल्दै मल लिन लामबद्ध हुँदै आएका छन्। वितरणस्थलहरुमा अनावश्यक भिड नियन्त्रण गर्न सुरक्षा निकायहरुले केही दिन यता भन्दै आएपनि पालना भएको छैन।
कोरोना भाइरसको संक्रमणबाट जोगिन साबधानी अपनाउनका निमित्त सरकारले लकडाउन गरेको अवस्थामा रासायनिक मल युरिया लिन मानिसहरुको अत्याधिक घुइचो लागेको जानकारी पाउनासाथ बैगुन्धुरास्थित ससस्त्र प्रहरी बलको सुरक्षा टोली तत्काल उक्त स्थानमा उपस्थित भइ मल बितरण कार्य स्थगित गराइ भिडलाई नियन्त्रणमा लिएको थियो ।
परिस्थिती नियन्त्रण बाहिर जाने अवस्था भएपछि मल पाउने आसमा आएका किसानहरु रित्तो हात घर फर्कन बाध्य भएका थिए । एकातिर मल नपाइनु अर्कातिर सिमित पाइएको मल पनि सहकारीहरुले प्रति बोरा रु १ हजारमा खुलेआम बिक्री बितरण गर्दा यस बिसयलाई सम्बन्धित निकायले ध्यान नदिएको अधिकांश किसानहरुको गुनासो छ ।