arrow

पाँचथरमा र्‍यापिड टेष्ट शुरु, ८ जनाको टेष्ट नेगेटिव

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ चैत २९ शनिबार
panchthar-district1.png

पाँचथर। पाँचथरमा शनिवारबाट र्‍यापिड टेष्ट शुरु भएको छ । प्रदेश नम्बर १ सरकारले थालनी  गरेको र्‍यापिड टेष्ट विराटनगर बाट प्राविधिक टोली आइपुगेपछि शनिवार टेष्ट शुरु भएको थियो ।

फाल्गुनन्द गाउँपालिकाको राँके क्वारेन्टाइनमा रहेका ८ जनाको टेष्ट गर्दा सवैको नेगेटिभ आएको प्रमुख प्रशासकिय अधिकृत अनिल खत्रीले जानकारी दिए । यस्तै विराटनगरबाट आएका २ जना र जिल्लामा रहेका २ जना स्वास्थ्य प्राविधिकको टोलीले परिक्षण गरेको थियो ।

चैत्र ३० गते सम्ममा पाँचथरका ८ वटै स्थानिय तहमा र्‍यापिड टेष्ट गरिसक्ने गरी दुई वटा टोली परिचालन गरिएको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख बिष्णु प्रसाद सापकोटाले बताए । अहिले विदेशबाट आएर क्वारेन्टाइनमा बसेका र यसअघि क्वारेन्टिनबाट छोडिएका सवैको टेष्ट गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा गुरागाईले बताए । पाँचथरमा २ सय वटा किट ल्याएर टोली आएको छ ।

नेगेटिभ देखिएकालाई सात दिनकालागि होम क्वारेन्टाइनमा राखिने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ