हुम्लाको सर्केगाडले कोरोना भाईरस बिरुध लड्न १ करोड १ लाखको कोष स्थापना
जनकबहादुर शाही,
प्रकाशित २०७६ चैत २८ शुक्रबार
551
Shares
हुम्ला। विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि सर्केगाड गाउपालिकाले १ करोड १ लाखको पालिका स्तरिय बिपद ब्यबस्थापन कोषमा स्थापना गरेको छ । बुधबार पालिका केन्द्र सर्केगाडमा बसेको गाउकार्यपालिकोको बैठकले यो निर्णय गरेको सर्केगाड गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर शाहीले बताए ।
कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरिएको कोष पालिकाका ८ वटै वडामा कोरोना सम्बन्धि सचेतना, औषधि, स्वास्थ्य उपकरण,पालिकाबासिका लागि राहत बितरण तथा गाउपालिका भित्र कोरोना संक्रमण (कोभिड १९) नियन्त्रण र यसको जोखिम न्यूनिकरणका लागि पूर्वतयारी स्वरुप विभिन्न गतिविधि संचालन गर्न, ८ वटै वडामा देशका अन्य भाग र विदेशबाट आएका सबै नागरिकहरुको पहिचान गरि उनीहरुलाई राख्ने क्वारेनटिन र आइसोलेसन वार्ड निर्माणका लागि खर्च गरिने र कोरोनाको कहर चलीरहेको अहिलेको अबस्थामा पालिकाबासिको उपचार एवं कोरोना संक्रमण महामारीबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्ने (कोभिड १९) नियन्त्रण र यसको जोखिम न्यूनिकरणसँगै नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिदै पालिका कायपालिकाले बुधबार गरेको निर्णय अनुसार बिगत ३ बर्ष देखि सर्केगाड स्वास्थ्य चौकीको भवनमा पालिका कार्यालय संचालन गर्दै आएको भए पनि बिहबारबाट कार्यालय अन्यत्रै सारि स्वास्थ्य चौकी खाली गरेको अधिकृत शाहीले बताए ।
सर्केगाडमात्र नभएर अन्य गाउँपालिकाहरुले पनि कोरोनाको महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि पालिका स्तरिय बिपद ब्यबस्थापन कोष स्थापना गरी कोरोना भाइरसको जोखम बढ्दै गएपछि पूर्वतयारी स्वरुप आवश्यक सामाग्री र उपकरणको बन्दोबस्त गर्न गाउँपालिकाहरुमा कोष स्थापना गरेका छन् ।
उक्त कोषका लागि अदानचुली गाउँपालिकाले २० लाखको कोष स्थापना गरेको छ भने सिमकोट गाउपालिकाले १० लाख रुपैयाँको कोष स्थापना गरेको बताएको छ । यस्तै खार्पुनाथ गाउँपालिकाले १० लाख रुपैयाँको कोष खडा गरी पहिलो चरणमा ३ लाख बराबरको औषधि तथा उपकरण खरिद भएर ढुवानीसमेत भई पालिकामा पुगिसकेको पालिकाका अध्यक्ष कर्णबहादुर रावलल बताए । यसैगरी नाम्खा गाउँपालिकाले पाँच लाख, ताँजाकोट गाउँपालिकाले पाँच र चंखेली गाउँपालिकाले १५ लाखको कोरोना भाईरस (कोभिड–१९) को महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि बिपद ब्यबस्थापन कोष स्थापना गरि संचालनमा ल्याएको बताएका छन् । उक्त कोषको रकम कोराना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरीदका लागि खर्च गरिने र आवश्यक परे थप बजेट पनि कोषमा जम्मा गर्न सकिने र अहिलेको महामारीबाट बच्न अरु शीर्षकको बजेट पनि गाउँसभाबाट पारित हुने गरी रकमान्तर गर्न सकिने सबै गाउँपालिकाहरुले जनाएका छन ।