arrow

रसुवाका सांसद आचार्यले प्रदान गरे स्वास्थ्य सामग्री

logo
प्रकाशित २०७६ चैत २७ बिहिबार
mohan-acharya-ppe.jpg

रसुवा। रसुवा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य इन्जिनियर मोहन आचार्यले व्यक्तिगत तवरमा रसुवा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन्। जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी सुरक्षा कर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन सांसदले बिपद ब्यबस्थापन समितिलाई स्वास्थ्य सामग्री उपलब्ध गराए।

जिल्ला बिपद कोषमा रहने गरि जिल्ला प्रशासन कार्यालय रसुवालाई उपलब्ध गराइएको सामग्रीमा चालीस थान पीपीई सेट, यसै गरी चस्मा चालीस थान, बुट चालीस थान रहेको छ भने चार सय थान केएन नाईन्टी फाईभ मास्क र पन्जा पन्ध्र सय थान रहेको छ।

सांसद आचार्यले प्रदान गरेको सामग्रीहरु आवश्यकता अनुसार जिल्लाका पाँच वटै स्थानीय तहमा पठाइने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आफूहरुलाई सामग्री उपलब्ध गराउन माग गरिरहेको बताउँदै भण्डारीले यो सामग्रीले धेरै सहज हुने बताए।

यस अधि पनि सांसद आचार्यले जिल्लालाई आवश्यक स्वास्थ्य सामाग्री उपलव्ध गराएका थिए। सांसद आचार्यले जिल्लाका विपन्न परिवारलाई खाद्यान्न समेत उपलब्ध गराउदै आएका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ