arrow

लक्ष्मण शाही जसले लकडाउनमा जनताको मन जिते 

logo
प्रकाशित २०७६ चैत २७ बिहिबार
laxman-shahi-help.jpg

जुम्ला । कोरोना भाइरसले विश्वभर हल्लिरहेको बेला नेपालले पनि उच्च सतर्कता अपनाउनै लकडाउन ब्यहोरिरहेको अवस्थामा स्थानिय निकायमा धमाधम राहतका सामग्री बाँड्न होडबाजी चलिरहेको छ ।

जुम्लामा भने एक युवा नेता नेपाली कांग्रेसको भ्रातृ संगठन विभाग प्रमुख लक्ष्मण शाहीले व्यक्तिगत लगानीमा हिमा गाउँपालिका अन्तरगतका स्वास्थ चौकी पातरखोला, प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतु, स्वास्थ्य चौकी बड्की र प्रहरी चौकी बड्कीलाई सेनिटाईजर, सर्जिकल माष्क, डिजिटल थर्मोमिटर, हेन्ड गोल्बस, लगायतका सामग्रीहरू वितरण गरेका छन् । 

यसैगरी हिमा गाउँपालिकाका सबै गाउँहरूमा करिब ७ हजार मास्क समेत वितरण गरेका छन् ।

यसअघि युवा नेता शाहीले हिमा गाउँपालिकामा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई व्यक्तिगत लगानीमा खाद्यान्ह समेत वितरण गरेका थिए । 
 
उनले ‘कोरोनासँग विश्व जुधिरहेका बेला तपाई हामीले पनि आ–आफ्नो ठाउँबाट सरकारको यो कदममा साथ दिऔं। विपत्तिको मिलेर सामना गरौं । सामाजिक भावनाको विकास गरौं’ भन्दै जनचेतना समेत फैलाईरहेका छन् ।

गापा अध्यक्षमा पराजित भएपनि पटक्कै विचलित नभएर जनसेवामा लागिरहेका शाही भन्छन्, ‘जनता गाउँमा छट्पटाइरहेका बेला म बजारमा घरमै क्वारेन्टाईन्मा रहन सक्दिन चाहे रिन लागोस् सकेसम्म जनताका न्युनतम आवश्यकता परिपुर्ति गर्ने प्रयास जारी राख्ने छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ