सिँजा गाउँपालिकामा एक करोड नौ हजारको कोरोना बिपद् कोष
मोहन बिक्रम शाही,
प्रकाशित २०७६ चैत २६ बुधबार
606
Shares
जुम्ला। जुम्लाको सिँजा गाउँपालिकाले एक करोड नौ हजारको कोभिड १९ बिपद् कोषको स्थापना गरेकोछ। बुधवार बसेको गाउँ कार्यपालिकाको बैठकले एक करोडको बिपद् कोषको स्थापना गर्ने निर्णय गरेको हो।
कोषमा सिँजा गाउँपालिकाका सम्पूर्ण कर्मचारिको एक दिनको तलब हालिने र जनप्रतिनिधिको एक महिनाभरको भत्ता जम्मा गरिने सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताएका छन्।
गाउँपालिकामा कुनै पनि संघ संस्थाले सहयोग गर्न चाहे नेपाल बंगलादेश बैंकको बिपद् कोषको खाता नं ०५१०००१०४१ रकम जम्मा गर्न गाउँपालिकाले अनुरोध गरेको छ।
सिंजा गाउँपालिकाका करिब २५ सय घरधुरीलाई प्रति घरधुरि ३० केजी चामल, नुन र तेल एक हप्ता भित्रै बितरण गरिने तयारी भएको गाउँपालिकाका प्रबक्ता नवीन शर्माले बताए। मास्क र साबुन यसअघि बितरण गरेको सिंजा गाउँपालिकाले अब राहत बितरणको तयारी गरेको छ।