कोरोना नियन्त्रणका लागि फ्रन्ट लाइनमा काम गर्नेलाई केसी परिवारले दियो स्वास्थ्य सामग्री
प्रकाशित २०७६ चैत २६ बुधबार
548
Shares
नुवाकोट। यशोदादेवि भगबानसिंह केसी मेमोरियल ट्रस्टले नुवाकोटमा कोरोनाबाट सुरक्षाको लागि स्वास्थ्य सामग्री वितरण गरेको छ।
नेपाली कांग्रेसका नेता तथा ट्रष्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीको उपस्थितिमा ट्रस्टका अध्यक्ष नेपाल चिकित्सा संघका पूर्व अध्यक्ष तथा प्रजातान्त्रिक बिचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी र नुवाकोट नेपाली कांग्रेस जिल्ला सभापति एवं संविधान सभा सदस्य तथा संस्थाका महासचिव जगदीश्वर नरसिंह केसीले स्वास्थ्य सामग्री वितरण गरेका हुन्।
ट्रष्टले ८८ वटा पीपीई, ६ सय थान ग्लोब, ५ हजार पिस सर्जिकल मास्क र एक हजार दुईसय थान स्यानिटाइजर उपलब्ध गराएको हो ।
जिल्लाका सबै अस्पताल, प्राथमिक, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उप स्वास्थ्य चौकी, सबै गाउँपालिकाहरु र २ नगरपालिकालाई ४ सयका दरले माक्स र प्रत्यक स्वास्थ चौकीमा कम्तीमा एक एक वटा पुग्ने गरी पीपीई र अन्य सामग्री उपलब्ध गराइएको अध्यक्ष केसीले जानकारी दिए।
ट्रस्टले कोरोना नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर काम गर्ने प्रहरी र सशस्त्र प्रहरी तथा नेपाल पत्रकार महासंघ मार्फत पत्रकार पत्रकारहरू र नेपाल ट्रेड युनियन कांग्रेसमार्फत मजदुरहरूलाई पनि मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ।