arrow

महाराजगंजमा बाँडिएको चामल राम्रो – प्रजिअ पौडेल 

प्रशासनले गरेको व्यवहारप्रति कांग्रेसको आपत्ति 

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०७६ चैत २६ बुधबार
Kapilvastui-hamrakura.jpg.jpeg

कपिलवस्तु । केही संचार माध्यमले कपिलवस्तुको महाराजगंज नगरपालिका– ७ कुशहजामा राहत वितरणका क्रममा बाँडिएको चामल कुहिएको भन्ने समाचार बाहिर ल्याएको बेला चामल राम्रै रहेको प्रजिअ दीर्घनारायण पौडेलले बताएका छन् । 

मनोमानी गरी राहत बितरण गरिएको भन्दै ७० जना जतिको एक समुहले गत चैत २० गते कर्मचारीहरुमाथि दुव्र्यवहार गरी बडा कार्यालयमा तालाबन्दी गरेका थिए । 

तालबन्दी पछि राहत बितरण कार्य रोकिएको छ । सो बषियमा नगरपालिकाको कार्यपालिका  बैठकले घटनाको निन्दा गर्दै घटनामा संलग्न ५ जनालाइ कारबाही गर्नु पर्ने माग गर्दै प्रजिअ पौडेललाई ज्ञापन पत्र बुझाएको थियो । 

सोही बिषयमा मंगलवार प्रजिअ पौडेलसहित जिल्ला सुरक्षा प्रमुखले कुशहवामा संयुक्त अनुमगन गरेका थिए । प्रदेश सदस्य दीर्घनाारयण पाण्डेय, अर्जुन केसी, चेम्बर अफ कमर्सका अध्यक्ष महादेब पाख्रेल, पुर्व मन्त्री ईश्वर दयाल मिश्रा लगायत समेत कुशहवा पुगेका थिए । 

बडा कार्यालयको ढोकामा लगाईएको दुई वटा ताला खोलेर नुमुनाका लागि २ वटा बोरामा रहेको चाम हेर्दा चामल राम्रो भेटिएको प्रजिअ पौडेलले बताए । ‘वडा कार्यालयमा राखिएको २ वटा बोरा खोलेर हेदौ चामल रामै देखियो, कसैले पनि नराम्रो  भनेनन्’ उनले भने ।  

वडा कार्यालयले बनाएको बिपन्न परिवारको लिस्ट, रहत प्राप्त गरेको मानिसको नाम सबै ठीक पाइएको थियो । 
यता नेपाली कांग्रेस कपिलवस्तुले  राहत वितरणमा नेकपाको दादागिरिको पक्षमा प्रहरी प्रशासन लागेको आरोप लगाएको छ । 

कांग्रेसका केन्द्रिय सदस्य एव प्रतिनिधी सभा सदस्य अतहर कमालले केही दिन अगाडी जिल्लामा राहत वितरणको लागि सांसद तथा पार्टीको सर्वदलिय समन्यव समिति बनाउ भन्दा प्रशासनले अस्विकार गरेको बताए । 

तर महाराजगंजमा राहत वितरणमा नेकपाका नेताले भनेपछि सर्वदलिय छलफल र समिति भन्दै ससत्ता पक्षिय नेताको कुरा सुनेको आरोप लगाए ।  नेकपाका नेता बोकेर प्रहरी प्रशासन पुग्नु तर नेपाली कांग्रेस पार्टी र नेतालाई जानकारी नदिनुले प्रशासनको नियति स्पष्ट भएको कमालले बताए । 

त्यस्तै नेपाली कांग्रेसका पार्टी सभापति सुरेन्द्रराज आर्चायले अहिले प्रजिअ र जिल्लाका सुरक्षा प्रमुखले सत्ता पक्षको दबावमा काम गरीरहेको आरोप लगाए । ‘महाराजगंजको वडा नम्बर ७ मा तालाबन्दी गरिएको छ, राहत बितरण पनि रोकियो, तालाबन्दी गरिएको साँचो समेत प्रहरीले राखेको छ ’ उनले भने ‘सत्ता पक्ष कै आग्रहमा कांगे्रसबाट निर्वाचित जन प्रतिनिधिलाई पेल्ने काम भएको छ’ ।  तालाबन्दी गर्नेलाई कारबाही गर्नुको साटो नियममै नभएका सर्वदलीय आधारमा राहत बाडन प्रहरी र प्रशासनले निर्देशन दिनु खेदजनक रहेको आर्चायको भनाई छ । 

घटनामा संलग्नलाई कानुन अनुसार कारबाही हुनु पर्ने उनले माग गरे । गत चैत २०गते कुशाहवा राहत बाडनेक्रममा २ सयलाई राहत बाडि सकेको र सवा सय जनालाइृ बाकी थियो । क्यारेन्टाइनका मानिसहरु भागरे गएको विषयमा इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी  प्रमुखलाई मैले फोन गरेर समात्नु पर्यो भन्दा समेत केही सुनुवाई नगरेको आर्चायले बताए । 

मेयर अब्दुल कलाम खाले यस्तो बिषम परिस्थितिमा राजनीतक रंग दिएर तालबान्दी गर्नु, सडेको चामल बितरण गरेको भनेर बदनाम गराउन खोज्नु दुखद कुरा भएको बताए । ‘हामीले पारदर्शीरुपमा राहत बितरण गरेको कुरा अहिलेको अनुगमनले प्रमाणित भो, यो कुरा जनताले बुझेका छन्’ । 

राहत बितरणकाक्रममा हुलहुज्जत गर्ने र तालबान्दीको अगुवाई गरेका ५ जनाका बिषयमा प्रजिअले कुने बास्ता नगनूृ दुखक कुरा भएको बताए । आफुहरुले सरकारले तोकको मापदण्ड  अनुसार नै राहत बितरण गर्नै उनले बताए । निर्वाचित जन प्रतिनिधि कै अगुवईमा राहत बितरण गर्नु पछ? बिगत झै सर्वदलीय र सर्वपक्षीय आधारमा  बाडिए भाडभैलो हुने उनले बताए ।  

यस बारेमा प्रमुख जिल्ला अधिकारी पौडेलले आफुले  वडा कार्यालयमा जादा ताला लगाएका व्यक्ति, वडा अध्यक्ष, मेयर र प्रमुख प्रशासकीय अधिकृत लाई मात्र खवर गरेको बताए ।

पौडेलले भने, ‘तर नेता तथा स्थानीय आफै आउनु भयो मैले बोलाएको होइन । सर्वदलिय बोलाउने भए मैले कसैलाई भेदभाव गर्दिन सबैलाई बोलाउने थिएँ ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ