मन्त्री बस्नेतको पहलमा जाजरकोटमा पुग्यो स्वास्थ्य सामग्री
प्रकाशित २०७६ चैत २६ बुधबार
621
Shares
जाजरकोट। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको पहल र सहयोगमा जाजरकोटमा स्वास्थ्य सामग्री पुगेको छ ।
मन्त्री बस्नेतका स्वकीय सचिव मुक्तिराज बस्नेतले प्रमख जिल्ला अधिकारी जनकराज पन्तमार्फत मंगलवार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
मन्त्री बस्नेतले बेड १२ सेट, १ सय सेट गज, थर्मल गण १० थान, पीपीई १४० सेट, गाउन १० थान, मास्क १७००, डिटोल साबुन (सोप) १ काटुन, ४५० थान ग्लोब्स र डिटोल लिक्विड र हेण्ड वास २ कार्टुन सहयोग गरेका हुन् ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तले स्वास्थ्य सामग्री बुझ्दै कोरोना भाइरसको संक्रमणको बेला मन्त्री बस्नेतको सहयोगले मनोवल उच्च भएको बताए ।
उनले उक्त स्वास्थ्य सामाग्री कोभिड १९ को संक्रमणबाट जोगिन र कोरोना भाइरसका बिरामीको जांचमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने जानकारी समेत दिए।