arrow

जुम्लामा हेलिकप्टरबाट स्वाब संकलन, ३२४ जनाको लिइयो, काठमाडौं पठाइयो

logo
मोहनबिक्रम शाही, 
प्रकाशित २०७६ चैत २६ बुधबार
corona-jumla.jpg

जुम्ला । जुम्लाको ७ ओटा गाउँपालिका र एक नगरपालिकाको क्वारेन्टाइनमा रहेका २५३ जनाको स्वाव संकलन गरिएको छ।  जिल्लाका तीन वटा स्थानमा हेलिकप्टरबाट घुम्ती मेडिकल टोलिले स्वाब संकलन गरेको हो। 

जुम्लाका तीन वटा ठाउँमा भारत लगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरिएको हो। 

जुम्लाको चन्दननाथ नगरपालिका लगायतका पातरासि, गुठिचउर र तिला गाउँपालिकाको १५० जनाको स्वाब संकलन गरेर हेलिकप्टरबाट काठमाडौं पठाईएको छ। यहाँको हिमा र कनकासुन्दरी बाट १२४ जनाको स्वाब पनि संकलन गरिएको हिमा गाउँपालिकाका संकलन केन्द्रमा खटिएका  प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढाले जानकारी दिए। 

भारतबाट आएर क्वारेन्टाइनमा रहेका र क्वारेन्टाइनमा बस्न नमान्नेहरुको स्वाब संकलन गरिएको हो। 

क्वारेन्टाइनमा रहेका २५३ र बाँकी परिवारहरुको गरी ३२४ जनाको स्वाब संकलन गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ