arrow

प्रदेश २ मा एक सय १९ को नमूना सङ्कलनमा १०३ को नेगेटिभ, १६ को आउन बाँकी

logo
रासस,
प्रकाशित २०७६ चैत २५ मंगलबार

जनकपुरधाम। प्रदेश नं. २ मा मङ्गलबारसम्म कोरोना भाइस सङ्क्रमणको आशङ्कामा ११९ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ। सङ्कलितमध्ये १०३ को जाँचको नतिजा आएको प्रदेश समाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो। मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार १०३ जनाकै नतिजा नेगेटिभ छ भने १६ जनाको नतिजा आउन बाँकी छ।

उनले नमूना सङ्कलन र परिणामलाई तीव्रता दिन क्षमता विस्तारका लागि प्रयास भइरहेको बताए। सचिव घिमिरेले आशङ्का गरिएकाको स्वाबको नमूना सङ्कलनको गति र क्षमता बढाउन  सरकारले गृहकार्य गरिरहेको छ भन्दै यसमा सङ्घीय सरकारबाट सहयोग आश्वासन प्राप्त  भएको छ भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ