कोरोनाको संक्रमण रोक्न कांग्रेसले स्वास्थ्य सामग्री बाँड्यो बागलुङमा
प्रकाशित २०७६ चैत २४ सोमबार
659
Shares
बागलुङ । बागलुङमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोक्न स्वास्थ्य सामग्री बाँडेको छ । कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले पश्चिम बागलुङमा स्वास्थ्य सामग्रीहरु वितरण सुरु गरेको हो ।
क्षेत्रीय सभापति दोर्णकुमार कुँवरको नेतृत्वमा स्थानीय, स्वास्थ्य संस्था, प्रशासन, प्रहरीलाई विभिन्न सामग्री वितरण गरेको हो ।
आइतबार ढोरपाटन नगरपालिका कार्यालय, ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्दमा ५०, जीवन, सावुन, ग्लोब्स, सेनिटाइजर लगायतका सामग्री वितरण गरेको कुँवरले बताए ।
पार्टीले जनताको सेवामा खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सुरक्षाको लागि राहत सामग्री हस्तान्तरण गर्न लागेको कुँवरको भनाई छ ।