कपिलवस्तु। कपिलवस्तुमा कारोनाको आशंकामा एक जना युवकलाई आइसोलेशनमा राखिएको छ । ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरको बिजयनगर गाउपालिका– २ जर्लेयाका ३० बर्षिय भर थर भएका एक पुरुषलाई कपिलवस्तु अस्पतालको आइसोलेशनमा राखेर उपचार सुरु गरिएको अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले बताए ।
बिरामीलाई शुक्रवार शिवराजनगरपालिको चन्दौटामा रहेको अस्पतालबाट रिफर गरी कपिलवस्तु अस्पताल पठाईएको थियो । ‘ छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएको छ, त्यस्ले बिरामीलाई आइसोलेशनमा राखेर उपचार जारी राखेका छौ ’ बन्जाडले भने । बिरामीको स्वाब परिक्षणकालागि आईतावार बुटवल पठाईने उनले बताए ।
कोरोनाको आशंकामा आइसोलेशनमा राखेर उपचार गरिएको यो पहिलो बिरामी रहेको उनले बताए । भर एक सामान्य किसान हुन । उता जिल्लाका १० पालिकाले तयारको गररिएको ८ सय ९९ क्वारेन्टाईन बेडमा ६ सय ७२ जनाा रहेको प्रशासन कर्यालयले जनाएको छ । २३ जना डिस्चार्ज भई घर गई सकेको छन । जिल्लामा ८ आइसोलेशन बेड संचाअलन गरिएका छन । क्वारेनर्टानमा राखिएका मध्ये ९५ प्रतिशत बढी भारतबाट फर्कका हुन