बाजुरा। विश्वभरी फैलिएको कोरोना भाइरस कोभिड-१९को आशंकामा जिल्ला अस्पताल बाजुराको आईसोलेसनमा भर्ना गरिएका एक जना बिरामीको स्वाब परिक्षण रिर्पोट नेगेटिभ आएको छ। १६ वर्षे किशोरको स्वाब परिक्षणका लागि चार दिन पहिले प्रादेशिक अस्पताल धनगढी पठाएको र धनगढीमा स्वाब परिक्षण ढिलो भएपछि काठमाण्डौ पठाइएको थियो। शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल टेकुमा उनको स्वाब परिक्षण गराउादा नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाकटर रुपचन्द्र विश्वकर्माले बताएका छन्। बुधबार स्वाब परिक्षणको लागि बाजुराबाट पठाएका थियौ चार दिन पछि रिर्पोट नेगेटिभ आएको डाकटर विकले बताए।
मंगलवार देखि कोरोना भाइरस (कोभिड १९) को सामान्य लक्षण देखिए पछि १६ वर्षे एक जना किशोरलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो। ज्वरो एक सय डिग्री भन्दा माथि तापक्रम र सुख्खा खोकी पनि देखिएकोले आइसोलेसनमा भर्ना गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर बिश्वकर्माले बताएका थिए। रिर्पोट नेगेटिभ छ आईसोलेसनबाट वार्डमा सारी अन्य चेकजाच गरेर घर पठाउने बिश्वकर्माले बताए।
आइसोलेशनमा रहेका किशोर एक हप्ता अघि भारतबाट आएर गौमुल गाउँपालिकाले स्थापना गरेको कृर्तिचौर माबि स्थित क्वारेनटाइनमा राखिएका थिए। अत्यधिक ज्वरो आएपछि क्वारेन्टाइमबाट जिल्ला अस्पताल बाजुरामा ल्याइएको थियो। कोरनाको आशंकमा आइसोलेसनमा राखिएका बिरामीको रिर्पोट नेगेटिभ आएको गौमुल गाउँपालिकका अध्यक्ष हरिवहादुर रोकायले बताए।
सामाजिक सञ्जालमा ति किशोको स्वाब परिक्षण नेगेटिभ भएको थाह पाएपछि बाजुरावासी हर्षित देखिन्छन्। यद्यपी बाजुरामा दशहजार भन्दाबढी मानिस भारतबाट आएकाछन्। त्यसैगरी देशका विभिनन भागबाट आएका छन्। तर हाल सम्म ९२ जना मात्र क्वारेन्टाइनमा राखिएको छ। बाहिरबाट आएर सिधै गाउँपसेका मानिसको तथ्यांक संकलन गरिरहेको बढिमालिका नगरपालिकका प्रमुख पदम बडुवालले बताए। त्यसै जिल्लाका प्रत्यक पालिकमा क्वारेन्टायनको ब्यवस्था गरी आबश्यक खोजी कार्य भैरहेको जिल्ला प्रहरीकार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताए।