कोरोना : पाँचथर अस्पतालका ६ विरामीको 'स्वाब' परिक्षणका लागि धरान पठाइयो
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ चैत २१ शुक्रबार
520
Shares
पाँचथर । जिल्ला अस्पताल पाँचथरको आइशोलेशन कक्षमा रहेका ६ जना विरामीहरुको स्वाब परिक्षणका लागि धरान पठाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले शुक्रबार ती विरामीहरुको स्वाब परिक्षणका लागि धरान पठाइएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले बताए ।
उनका अनुसार फिदिम नगरपालिका २ जना,फाल्गुनन्द गाउँपालिकाका ३ जना र फालेलुङ गाउँपालिकाको १ जना गरी जम्मा ६ जना लाई स्वाब परिक्षणका लागि धरान पठाइएको हो । जसमा ५ पुरुष र एक महिला रहेका छन् ।
क्वारेन्टाईनमा रहेका ती विरामीको रुघा,खोकी,ज्वरो बढेको हुँदा विहिबारबाट आइशोलेशनमा राखिएको थियो ।
यसअघि जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले पठाएको ३ जना विरामीको परिक्षण गर्दा रिपोट नेगेटिभ आएको थियो ।