इसेवाले भन्यो, 'अफवाह फैलाएर निरन्तर प्रहार नियोजित'
समाचार हटाइएको अनलाईन र इसेवाबीच कुनै सम्बन्ध छैन
हाम्रा कुरा
प्रकाशित २०७६ चैत २१ शुक्रबार
925
Shares
काठमाडौं। काठमाडौंबाट प्रकाशित हुने एक न्युजपोर्टलको समाचार निमार्णकर्ता कम्पनीले नै हटाएको बिषयमा इसेवालाई जोडेर आएको समाचारमा कुनै सत्यता नभएको इसेवाले प्रष्ट गरेको छ। इसेवाले बिज्ञप्ती निकाल्दै भनेको छ, “विगत केही दिनदेखि एउटा समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुद्ध हामी खेद प्रकट गदछौं। समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रुपमा इसेवा माथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित छैन।”
नेपालमा विद्युतिय भुक्तानीको जग बसाल्न भुमिका खेलेको इसेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र नियमन हुने कम्पनी भएको उल्लेख गर्दै इसेवाले आफ्नो संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेको जानकारी गराएको छ। इसेवाले बिभिन्न सामाजिक सञ्जाल र बिभिन्न अलाइनमा फैलाइएको अफवाह पछि नलाग्न समेत अनुरोध गरेको छ।