लकडाउनमा पुनर्निर्माण कार्यालय रसुवाका हाकिमबाट सरकारी गाडीको दुरुपयोग
प्रकाशित २०७६ चैत २० बिहिबार
436
Shares
रसुवा । मुलुक लकडाउनमा रहेको बेलामा रसुवा जिल्ला राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार कार्यालयका प्रमुख लेखनाथ पोख्रेल भने सरकारी गाडी लिएर घुमफिरमा निस्किएका छन् ।
मदिराले मातिरहेको अवस्थामा आमाछोदिङ्मो तीन गत्लाङमा स्थानिय जनताले सरकारी गाडी सहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण रसुवाका पाँच जना कर्मचारी समेतलाई नियन्त्रणमा लिएर स्थानिय प्रहरीलाई बुझाई दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट डिजेल र पेट्रोल लिनका लागि भन्दै कार्यालयको लिएको बा २ झ ३८७९ नम्बरको गाडी सदरमुकाम धुन्चेदेखि बेत्रावती सम्मको पास लिएर हिँडेका उनीहरु गत्लाङ पुगेका हुन् ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भन्डारीका अनुसार जानकारी नदिई उनी गएका हुन् ।
पुनर्निर्माणको प्रमुखसंग पछिल्लो समय संपर्क गर्दा अनुगमनका लागि गएको बताए पनि पास चेक गर्ने बताउँदै यदि पासको दुरुपयोग भएको पाइएमा कारबाहि अगाडि बढाउने उनले बताए ।
स्थानीयका अनुसार सवारी चालक रुघाखोकीले ग्रस्त रहेको र अन्य चार जना भने मदिरामा मस्त रहेको भेटेपछि स्थानियले गाडी नियन्त्रणमा लिएको बताएका छन् ।
साँझ नै थाम्बुचेतबाट असइको नेतृत्वमा प्रहरी पठाई उक्त गाडी अहिले मानचेतस्थित नेपाली सेनाकोमा राखिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।