सीमामा आइसकेका नेपालीलाई क्वारेन्टाईनमा राख्न पनि छिमेकीको मुख ताक्नु गलतः डा महत
सीमामा आइसकेका नेपालीलाई फर्काउनु दुखदः डा महत
प्रकाशित २०७६ चैत १९ बुधबार
396
Shares
काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशसरण महतले भारतबाट नेपाल फर्कने क्रममा सिमामा अलपत्र परेका नेपालीहरुलाई नेपाल सरकारले नै क्वारेन्टाईनमा राख्नुपर्ने बताएका छन्।
हाम्राकुरासँग कुरा गर्दै डा महतले लकडाउनका कारण सिमामा अलपत्र परेका नेपालीहरुलाई भारतले क्वारेन्टाईनमा राख्दिए हुन्थ्यो भन्ने नेपाल सरकारको सोच नै गलत भएको तर्क गरे। महतले भनेका छन् हाम्रा नागरिकको देखभाल हामीले गर्नुपर्छ।
नेपाल भित्रको सिमानाका नजिकै क्वारेन्टाईन स्थल बनाएर अहिले सिमा नाकामा अलपत्र परेकाहरूलाई क्वारेन्टाईनमा राख्न कांग्रेस सहमहामन्त्री महतले सरकारसँग माग गरेका छन्।
कांग्रेस सहमहामन्त्री महतले नेपाल फर्कन आतुर नेपाली नागरिकहरु लुकिछिपी देश भित्र छिर्दा झन भोलि कोरोनाको संक्रमण फैलिन सक्ने चिन्ता समेत ब्यक्त गरेका छन्।