भारतमा काममा गएका पलाँताका सय बढी अलपत्र, नेपाल भित्रका केहीलाई उद्दार
प्रकाशित २०७६ चैत १९ बुधबार
564
Shares
कालिकोट। कालिकोटको पलाँता गाउँपालिकाका धेरै ब्यक्तिहरु नेपालका विभिन्न भुभागबाट उद्दार गरि घरमा ल्याईए पनि भारतका विभिन्न शहरमा अलपत्र अबस्थामा रहेका गाउँपालिकाबाट काम र ब्यापारको शिलशिलामा गएका ब्यक्तिहरुलाई उद्दारका लागि समस्या भईरहेको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताएका छन् ।
सुर्खेत, नेपालगन्ज लगायत भारतबाट आएर बाटोमा अलपत्र परेका एक सय तीस जनालाई गाउँपालिका पुर्याईसकिएको र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको अध्यक्ष बमले जानकारी दिएका छन् ।
भारतमा रहेकालाई उद्दार गर्न गाउँपालिकाको क्षमताले नभ्याउने भएकाले माथिल्लो निकायसंग पहल भइरहेको गाउँपालिकाले जनाए पनि अलपत्रमा रहेकाहरुका परिवार चिन्तित देखिन्छन् ।
मास्क र साबुन बाँडेर सामाजिक चर्चा भन्दा अन्य गाउँपालिकाबाट आएकालाई आफुहरुले पनि सम्मान साथ ब्यबस्थित राख्ने र आफ्ना गाउँपालिकाका ब्यक्तिलाई अन्य गाउँपालिकाले पनि ब्यबस्थापन गरिदिन हुन र लागेको खर्च बेहोर्न तयार रहेको पनि गाउँपालिका अध्यक्ष बमले बताएका छन् ।
कालिकोटको पलाँता क्षेत्रलाई कालिकोटको पनि विकट बस्तीका रुपमा हेरिने भएकाले यस क्षेत्रका अधिकांश ब्यक्तिहरु घर छोडेर कालापहाड जाने भएकाले देशका विभिन्न भुभाग र भारत का विभिन्न शहरमा धेरै ब्यक्ति हरु अलपत्र परेको हुनसक्ने अनुमान गरिएको छ।