क्वारेन्टाइनमा रहेकालाई खाद्यान्न, मास्क र साबुन बाँड्दै लक्ष्मण शाही
प्रकाशित २०७६ चैत १९ बुधबार
604
Shares
जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा रहेका चारवटा क्वारेन्टाइन स्थलहरु राहादेब माबि मोफ्ला, कालिका माबि बड्कि, भानु माबि पातरखोला, भैरब आधारभुत विद्यालय जोगिबाडामा रहेका भारतबाट आएका करिब ४० जनालाई नेपाल तरुण दलका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेस जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले विभिन्न राहतका सामग्री बाँडेका छन् ।
लकडाउन भएदेखि नै भारतबाट जुम्ला भित्रिएका विभिन्न ब्यक्तिलाई गाउँपालिकाले क्वारेन्टाइन स्थल बनाएर राख्दै आएपनि दैनिक उपभोग्य सामानको अभाबमा समस्यामा रहेका ती ब्यक्तिलाई युवा नेता शाहीले चामल, दाल, नुन, तेल, चिनी, चियापत्ति, डिटोल साबुन, माष्क लगायतका सामग्री क्वारेन्टाइन स्थलमै पुगेर हस्तान्तरण गरेका छन् ।
राहत सामग्री दिँदै शाहीले क्वारेन्टाइन स्थलमा रहेका ब्यक्तिहरुलाई दैनिक हात साबुन पानप्ले हात धुन, घरभित्रै बस्न, आत्मबल बढाउन, मास्क लगाउन र सुरक्षित रहन अनुरोध गरेका थिए ।
चैत्र १८ गते सम्मका लागि मात्रै खाद्य सामग्री भए पनि थप दिनका लागि के गर्ने भनेर चिन्तामा रहेका उनिहरुलाई राहत सामग्रीले खुशी बनाएको छ।
गएको स्थानिय तहको निर्वाचनमा तत्कालीन माओवादीबाट पराजित काँग्रेसका उम्मेदवार शाहीले यस अघि पनि हिमा गाउँपालिकाको विभिन्न स्थानमा सर्वसाधारणलाई करिब दश हजार थान मास्क बितरण गरिसकेका छन् ।