arrow

विद्यार्थीको पीरमर्कामा साथ दिँदै सुजित, डेरा लिएर पढ्नेलाई खाद्यान्न

logo
प्रकाशित २०७६ चैत १९ बुधबार

उर्लाबारी । नेबिसंघ उर्लाबारी  बहुमुखी क्याम्पस इकाइका सभापति सुजित जैस्वालले दुःखका साथ डेरामा बसेर उक्त क्याम्पसमा अध्ययन गरिरहेका विधार्थीहरुलाई खाद्यान्न सहयोग गर्ने भएका छन् । 

कोरोना संक्रमण फैलिन नदिन सरकरले अचानक लकडाउन गरेपछि समस्यामा विद्यार्थीहरुलाई सहयोग गर्न ‘म र मेरो टिम’ लागेको सुजितले बताएका छ्न ।

उर्लाबारी नगरपालिकासंग आवश्यक समन्वय तथा अनुमति लिई उर्लाबारीमा उक्त क्याम्पसमा अध्ययनका लागि उर्लाबारी बाहिरबाट आएर डेरामा बसी अध्ययनरत विद्यार्थीलाई डेरामै खाद्यान्न वितरण गरिने उर्लाबारी  बहुमुखी क्याम्पसका नेविसंघका इकाई सभापति जैस्वालले बताए। 

यस क्याम्पसमा मोरङ लगायत पूर्वको ताप्लेजुङ, ईलाम, भोजपुर, खोटाङ, धनकुटा, भोजपुर, झापा लगायत विभिन्न जिल्लाबाट आई कोठा भाडामा लिई यस क्याम्पसमा अध्ययन गरिरहेको उनले बताए ।

उनले भने, ‘यो पीडा र महामारीको समयमा आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराउने र घरधनीसंग भाडा छुटका लागि समेत पहल गर्छौं । संकटको बेलामा सबैजनाले सहयोग गर्नुहुन्छ भन्ने आशा छ।’

जैस्वालले  लकडाउन लम्बिएको र विद्यार्थीबाट खाद्यान्न अभाव भएको जानकारी पाएपछि विद्यार्थीहरूलाई आफू बसेकै स्थानमा चामल, तेल, दाल, नुन, दैनिक प्रयोग गरिने औषधी, ग्यास लगायत अत्यावश्यक खाद्य सामाग्रीहरू राहत स्वरूप तत्काल उपलब्ध गराउन लागेको बताए।

उनले भने,  ‘राहत आवस्यक पर्ने केही विद्यार्थी साथीहरु सम्पर्कमा आउनु भएको छ। उहाँहरुलाई प्रतिव्यक्ति दश किलो चामल, दुई किलो दाल,एक पोका तेल र एक किलो नुन दिने तयारी गरेका छौं।’

 घर फर्किन नपाएर अफ्ठ्यारोमा परेका विद्यार्थीहरुलाई सामाजिक सञ्जाल तथा टेलिफोन गरेर सम्पर्कमा आउन आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ