arrow

कोरोना : कांग्रेस उपसभापति काफ्लेले गरे ५ लाख सहयोग

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ चैत १८ मंगलबार
kafle.jpg

पाँचथर । नेपाली कांग्रेस पाँचथरका उपसभापति तथा उद्योग वाणिज्य महासंघ पूर्व केन्द्रीय सदस्य मित्रप्रसाद काफ्लेले कोरोना संक्रिमतलाई सहयोग गर्न ब्यक्तिगत रुपमा ५ लाख एक हजार रुपैयाँ रकम सहयोग गरेका छन् ।

नेपाल सरकारले तयार पारेको कोरोना रोकथाम कोषका लागि काफ्लेले ब्यक्तिगत रुपमा उक्त रकम सहयोग गरेका हुन् । सरकारलाई संकटको घडीमा सानो भएपनि सहयोग गरेको उनले बताए ।

मंगलबार प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा मार्फत कोषमा जम्मा हुने गरी आफूले रकम सहयोग गरेको उनको भनाई छ ।

काफ्ले उद्योग बाँणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य, लायन्स क्लव अफ पाँचथरका अध्यक्ष तथा जिवन बिज्ञानका प्रशिक्षक समेत हुन्। यस अघि लाइन्स क्लव अफ पाँचथरले जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि आठ थान पीपीई प्रदान गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ