पीपीई नपाएपछि प्लास्टिकका एप्रोन बनाएर काम चलाउदै स्वास्थ्यकर्मी
मुगुमा १६१ क्वारेन्टाइन बेड तयार
युद्घ बहादुर मल्ल,
प्रकाशित २०७६ चैत १८ मंगलबार
834
Shares
मुगु । देश लकडाउन भएको दोस्रो हप्तातिर लागिरहदा पनि गाँउ गाँउमा रहेका स्वास्थ्य संस्थाहरुमा संघीय तथा प्रदेश सरकारहरुबाट स्वास्थ्यकर्मीहरुले बाहिरी संक्रमणबाट जोगिन प्रयोग गर्ने स्वास्थ्य सामग्री(पीपीई) उपलब्ध नहुदा स्थानीय तहहरुले स्थानीय रुपमा प्लास्टिकका एप्रोन तयार गरि प्रयोग गरिरहेका छन ।
दिनहु स्वास्थ्य चौकी एवं हेल्थ डेस्कमा मानिसहरु स्वाथ्य चेकजाच गर्न आउछन पन्जा र माक्सको भरमा उनीहरुलाई चेकजाच गर्नुपर्छ, हाम्रो सुरक्षाका साधनहरु केहि छैन कतै स्वास्थ्यकर्मीलाई नै संक्रमण भैहाले के गर्ने त्यसैले स्वास्थ्य सामग्री आउदै गर्लान त्यती बेलासम्म स्वास्थ्यकर्मीहरुमा बाहिरबाट संक्रमण नहोस भनेर स्थानीय रुपमा प्लास्टिकका एप्रोन बनाएर चेकजाच गर्दा लगाउने गरेका छौ खत्याड गाँउपालिका स्वास्थ्य शाखा सह संयोजक हरि बहादुर बुढाले बताए ।
खत्याड मात्र होईन मुगुम कार्मारोङ्ग गाँउपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले पनि कहि कतैबाट स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि पीपीई उपलब्ध नभएपछि प्लास्टिककै एप्रोन बनाएर कोरोना तथा अन्य रोगको चेकजाँच गर्दा लगाउने गरेका छन ।
जिल्लाकै एक मात्र अस्पताल जिल्ला अस्पतालले पनि स्वास्थ्यकर्मीहरुको मापदण्ड अनुसारका पीपीई सामग्री कतैबाट उपलब्ध नभएपछि करिव ४०० वटा प्लास्टिकका एप्रोन बनाएर चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुको सुरक्षामा प्रयोग गदै आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
पीपीई उपलब्ध नभएपछि प्लास्टिकका एप्रोन बनाएर स्वास्थ्यक्रमी प्रयोग गर्न बाध्य भएको र जिल्लामा प्रयाप्त मात्रामा औषधी नभएको संघीय तथा प्रदेश सरकारलाई प्रशासन कार्यालय मार्फत जानकारी गरिसकेको र सम्भवत मंगलबारसम्म कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट मन्त्री दल रावतको टोली हेलिकप्टर मार्फत पीपीई र अन्य औषधी लिई जिल्लामा आईपुग्ने खबर आफुले पाएको सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले जानकारी दिए ।
अहिलेसम्म जिल्लामा कुनैलाई कोरोनाको संक्रमण नदेखिए पनि भविष्यमा कसैलाई देखा परेमा वा बाहिरबाट कोही व्यक्ति आएकाहरुमा पुर्व तयारी स्वरुप उनीहरुलाई १४ दिनसम्म राख्नका लागि जिल्लाका चार वटै स्थानीय तहहरुले आ आफनो क्षेत्रमा क्वारेन्टाइनको व्यवस्था मिलाएका छन ।
जिल्ल्ला भरी आजसम्म स्थानीय तहहरुले १६७ वटा क्वारेन्टाइन वेड चुस्त दुरुस्त रुपमा तयारी अवस्थामा राखेका छन । कोहि कसैलाई संक्रमण देखिहाले वा संकास्पद लक्षण देखिएमा तत्काल उपचारका लागि जिल्ला अस्पताल मुगुमा ७ वेडको आईसोलेसन तयार पारिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं कमाण्ड पोष्टका सदस्य सचिव केशव ज्ञवालीका अनुसार छायाँनाथ रारा नगरपालिकाले महाकाली माध्यामिक विद्यालयमा २१,जिल्ला अस्पातालले ३५,खत्याड गाँउपालिकाले झुगलामा ३५, सोरु गाँउपालिकाले तारापानीमा १० र मुगुम कार्मारोङ्क गाँउपालिकाले छाईल विद्यालय ३० र रिउस बगरमा रहेको सामुदायिक अस्पतालमा ३० वेड क्वारेनटाइनका लागि तयार गरेका छन ।
जिल्लाभरी जिल्ला अस्पताल बाहेक कतै आईसुलेसनको लागि तयारी नभएको र जिल्ला अस्पतालमा ७ बेडको आईसुलेसन तयारी अवस्थामा रहेको, स्थानीय तहहरुले आ आफनो पायक पर्ने स्थानमा आईसुलेसन वेड निमार्ण गर्ने तयारी गरिरहेको पनि सप्रजिअ ज्ञवालीले बताए ।
उनका अनुसार हाल खत्याडमा ३ जना र तारापानीमा २ जना भारतबाट आएका नेपालीहरु क्वारेन्टाइनमा बसेका छन । भारतबाट आएका अन्य स्थानीयहरुको खोजी र एकिन गरि उनीहरुलाई पनि १४ दिनसम्म क्वारेनटाईनमा राखिने छ अहिले स्थानीय तहहरुले आफना क्षेत्रहरुमा भारतबाट आएका स्थानीयहरुको खोजी र तत्थ्याङ्क संकलन गर्ने कार्य गरिरहेका छन ।