विज्ञ सम्मिलित सर्वदलीय बैठक बोलाउ, सरकारले नागरिकलाई छिछि गर्न मिल्दैन – उमेशजंग रायमाझी
प्रकाशित २०७६ चैत १८ मंगलबार
773
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता उमेशजंग रायमाझीले विज्ञहरु समेतको सर्वदलीय बैठक आवश्यक रहेकोमा जोड दिएका छन् ।
सामाजिक संजाल फेसबुकमा आफ्नो विचार लेख्दै नेता रायमाझीले सरकारले नागरिकलाई छिछि र दुरदुर गर्न नमिल्ने भन्दै विदेशमा रोजगारी गरेर देशको अर्थतन्त्र चलाउन योगदान गरेका नागरिकहरुलाई आफ्नो घर आउनबाट रोक्न नमिल्ने बताए ।
उनले भारतले उसको देशमा किन बस्न दिने ? भनी प्रश्न गर्दै रायमाझीले आफ्ना जनताको सुरक्षा र सम्मान गर्नु सरकारको दायित्व भएको बाए ।
उनले भनेका छन्, ‘दार्चुलाको सिमाना तथा देशका अन्य स्थानमा बिचल्लीमा परेका नागरिकहरुलाई तत्काल प्रवेश अनुमाती दिइयोस् र क्वारेन्टाइनको राम्रो व्यवस्था मिलाएर राखियोस् । यसो गर्नाले उहाँहरुको सामुदायिक चेकजाँच र उपचारमा समेत सजिलो हुनेछ। देश गम्भीर सङ्कटमा होमिदैछ। तर सरकार अलमलिएको जस्तो छ। यस्तो अवस्थामा सरकारले तत्काल विज्ञहरु समेतको सर्वदलीय बैठक बोलाएर परिस्थितिको गम्भीरता उपर छलफल गर्नु राम्रो हुने छ।’