arrow

चैते संक्रान्तिदेखि भारतबाट जुम्ला भित्रिने ३७१, तेस्रो मुलुकबाट १३ 

logo
प्रकाशित २०७६ चैत १८ मंगलबार
jumla-nepali-from-india.jpg

जुम्ला ।  चैत १ गतेदेखि यता भारतमा काममा गएका ३७१ जना र तेस्रो मुलुकबाट १३ जना जुम्ला भत्रिएको डाटा जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको छ। 

भारतबाट आएका केहीलाई विभिन्न गाउँपालिकामा क्वारेन्टाइनमा राखिए पनि प्राय मानिसहरु घरमै बसिरहेका छन्। 

भारत र तेस्रो मुलुकबाट आएका सबैको स्वास्थ्य अबस्था हाल सामान्य रहेपनि उनिहरुबाटै संक्रमण फैलिन सक्ने संभाबना रहेकाले निगरानिमा राख्न स्थानिय तहलाई जिल्ला प्रशासनले अनुरोध गरिरहेको छ। 

भारतबाट सबैभन्दा बढि तिला गाउँपालिकामा १४५ र गुठिचौर गाउँपालिकामा ६ जना भित्रिएका छन् । 

तातोपानीमा ४२, सिजामा ६१, कनकासुन्दरीमा ४४, हिमा ४६, पातरासी ९ र चन्दननाथ नगरपालिकामा १८ जना भित्रिएका छन् । 

क्वारेन्टाइनमा रहेका पनि कडा निगरानी नभएपछि पछिल्लो समय आफूखुशी घर फर्किरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ