arrow

सरकारले रोकेपछि के गर्ने ? जोखिम मोलेर नदीमा हाम्फाल्दै छिरे नेपाली, प्रहरीले उल्टै पक्रियो

केन्द्र सरकारबाट आदेश नपाएपछि सयौं नेपाली अनुमति कुर्दै 

logo
प्रकाश चन्द्र भट्ट, 
प्रकाशित २०७६ चैत १८ मंगलबार
corona-dharchula-nepal.jpg

दार्चुला । तीन दिनदेखि भारतको धारचुलामा रहेका नेपालीहरु पुल बन्दका कारण महाकाली नदी पौडिदै नेपाल प्रवेश गर्न थालेका छन् ।  

सोमवार धारचुलामा अलपत्र अवस्थामा रहेका तीन जना नेपाली महाकाली नदीमा पौडेर नेपालको दार्चुला प्रवेश गरेका हुन् ।

बैतडीको डिलाशैनी गाउँपालिका‐१ कोटपेटराका ४८ वर्षीय इन्द्र राज खत्री सोही ठाउँका २२ वर्षीय धनबहादुर धामी र दार्चुलाको मार्मा गाउँपालिका‐३ का रमेश बिष्टले महाकालीमा पौडेर नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

भारतको रिमा भन्ने स्थानबाट मजदुरी गरेर घर फर्किदा नेपाल र भारत दुवै देशमा भएको लकडाउनका कारण उनी लगायत ५ सय ४५ जना नेपाली धारचुलामा अलपत्र परेका छन् ।  नेपाल प्रवेश गरेका उनीहरुलाई प्रहरीले नियन्त्रण लिएको छ  ।

भारतको धारचुलामा दार्चुलाका ९४, बैतडीका २ सय, बझाङका १ सय ५८ जना, कैलालीका ७७, डडेल्धुराका २७ र डोटी जिल्लाका १ जना गरी ५ सय ४५ जना विगत तीन दिन देखी अलपत्र अवस्थामा छन् । 

जिल्ला सदरमुकामको घाट बजारमा रहेको नेपाल भारत जोड्ने झोलुंगे पुल दुवै तिर बन्द अवस्थामा रहेका बेला उनीहरु नदिमा पौडेर नेपाल प्रवेश गरिरहेका छन् । 

सोमवार बेलुकीसम्म पनि उनीहरु नेपाल आउन सकेका छैनन् । शनिवार बिहानै भारतको धार्चुलामा आइपुगेका सयौंं नेपालीहरु नेपाल प्रवेशको अनुमति पर्खिरहेका छन्।

सिमामा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल प्रवेश दिनेबारे केन्द्र सरकारबाट कुनै आदेश नआएकोमा समस्या भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ