लकडाउनको आठौं दिन, उपत्यकामा लकडाउन तोड्नेको संख्या उल्लेख्य
प्रकाशित २०७६ चैत १८ मंगलबार
386
Shares
काठमाडौं । मंगलबार सरकारले लकडाउन गरेको आठौं दिन । गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । यो लकडाउन २५ चैतसम्म चल्नेछ ।
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम उल्लंघन गर्नेहरु अधिक रहेका छन् ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक दलराम टमाटाका अनुसार
लकडाउनको आठौं दिन मंगलबार बिहानै लकडाउन तोड्नेहरु उल्लेख्य भएका छन् ।
मंगलबार बिहान ६८ वटा सवारी साधनलाई कार्वाही गरिएको छ । चालकहरुलाई अस्थायी क्वारेन्टाइनमा राखिने छ । ३ वटा कार र ६५ वटा दुई पाङ्ग्रे सवारी साधन रहेका हुन् ।
एक हप्तालाई पास दिइएको थियो । सोमबार पासको अवधि सकिएको छ । ती पासहरु आवश्यकता अनुसार नविकरण गरिने छ ।
गएको २४ घण्टामा ललितपुरको चोभारमा साइकल दुर्घटनामा परी दुई जना भारतीय नागरिकको ज्यान गएको छ । अन्य दुर्घटनाका घटना भने भएका छैनन् ।
यता, प्रहरी नायब निरीक्षक नवराज थापाका अनुसार मंगलबार बिहान काठमाडौंबाट ६ः२५ सम्म ४१२ जना पुरुष र ५३ जना महिला पक्राउ परेका छन् ।
परिस्थिति हेरेर उनीहरुलाई छाड्ने गरिएको छ ।
सोमबार १६ सय ९० जना पक्राउ परेका थिए । अत्यावश्यक कामले हिँडेको बाहेक अनावश्यक हिँड्नेलाई कार्वाही गरिने छ । सोमबारदेखि होल्ड गर्ने समय दुई घण्टाबाट बढाएर तीन घण्टा पुर्याइएको छ ।
दिनानुदिन उल्लंघन गर्नेलाई कार्वाही प्रक्रिया लम्बिने थापाले बताए । नियन्त्रणमा पर्नेहरुमा कोही मर्निङ वाकमा निस्कने र रमाइलो लागेर निस्कने पनि छन् ।
मंगलबार नेपाल सरकारले तोकेको र अत्यावश्यक बाहेकका सवारी साधनलाई रोकिने छ ।