कोरोनाको उच्च जोखिम रहेको कारागारबाटै सन्दिप शाहले गरे राहत कोषमा योगदान
प्रकाशित २०७६ चैत १७ सोमबार
668
Shares
बाँके। नेपालगन्ज कारागारमा कैदी जीवन बिताईरहेका सन्दिपजंग शाहले सोमबार कोरोणा संक्रमण कोभिड १९ विरुद्धको अभियानमा स्थापना गरेको कोषका लागि रु १० हजार रकम जम्मा गराएका छन् ।
न्यायको पर्खाईमा रहेका र सजाय पाएर कैदी जीवन बिताईरहेका नेपालगन्ज कारागारमा रहेका कैदीहरुले लकडाउनको पालना गर्न आफन्तहरु मार्फत आग्रह गरेका छन् ।
कारागारको क्षमता भन्दा निकै बढीको संख्यामा बस्नु परेका कैदीहरु आफै जोखिममा बसिरहेका छन् ।
कैदीहरुको बसाई अब्यवस्थित भएकाले कोभिड १९को संक्रमणमा उच्च जोखिममा रहेको भन्दै कैदीहरुले आफुहरुको स्वास्थ्यको विषयमा चासो राखिदिन समेत आग्रह गरेका छन् ।
नेपालगन्ज कारागारमा कैद भुक्तान गरिरहेका नेपालगन्ज रामबागका सन्दिपजंग शाहले आफन्तजनहरुबाट जम्मा भएको उक्त रकम विपद ब्यवस्थावन उद्दार समितिको कोषमा जम्मा हुनेगरी कारागार प्रमुखलाई हस्ताणतरण गरेका हुन । शाह नेपाली काँग्रेस निकट नेपाल तरुण दल नेपालगन्ज उपमहानगर समितिका सभापति समेत हुन ।
सरकारले शर्त र मापदण्ड सहित केही कैदिहरुलाई बाँकि कैदको रकम भुक्तान गर्ने गरि कारागरमुक्त गर्ने निर्णय गरेको छ ।