arrow

लकडाउनको सातौं दिनः रोकिएन उल्लंघन, सवारी नियन्त्रणमा, मानिसलाई तीन घण्डा होल्ड

logo
प्रकाशित २०७६ चैत १७ सोमबार
corona-nepal-security.JPG

काठमाडौं । सरकारले जारी गरेको राखेको लकडाउनको सोमबार सातौं दिन हो । लकडाउनका कारण काठमाडौं उपत्यकामा सवारी न्यून चलेका छन् । 

महानगरिय ट्राफिक प्रहरी महाशाखाकी प्रहरी निरीक्षक मनिषा बुढाथोकीका अनुसार न्यूनमात्रामा सवारी चलेका छन् । 

बिहान ५ बजेदेखि बिना पासका थुप्रैलाई नियन्त्रणमा लिइएको छ । कुनै गम्भीर प्रकृतिको सवारी दुर्घटना नभएको उनले बताइन् । 

आइतबार राति ११ बजेसम्म २४३ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको थियो । 

गएको मंगलबार ११ गते चैतदेखि जारी रहेको लकडाउनका समयमा कुनै अप्रिय घटना नभएको प्रहरी नायव निरीक्षक प्रेम श्रेष्ठले बताए । 

काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना भएको छैन । जघन्य अपराध केही नभएको उनले बताए । 

लकडाउनका समयमा सोमबार बिहान उल्लंघन गर्ने काठमाडौंबाट २०८, ललितपुरबाट ८५ जनालाई होल्ड गरिएको छ । प्रारम्भिक चरणमा ३ घण्टा सोही स्थानमै होल्ड गर्ने गरिएको छ ।  

त्यस्तै बिहान ७ बजेसम्म ४ सय ३८ जनालाई नियन्त्रणमा लिइएको छ । 

भक्तपुरबाट भने २ जनालाई झैझगडा गरेकालाई नियन्त्रणमा लिइएको छ । त्यस्तै काठमाडौंमा १ जनालाई नियन्त्रणमा लिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ