एनसेलले आफ्नो नेटवर्कको नाम #स्टेहोम देखाउदै सामाजिक दुरी कायम राख्न प्रोत्साहन गर्दै
प्रकाशित २०७६ चैत १५ शनिबार
470
Shares
काठमाडौं। सामाजिक दुरी कायम राख्नका लागि प्रोत्साहन गर्दै, एनसेलले आफ्नो नेटवर्कको नामको सट्टामा #स्टेहोम अर्थात घरमै बस भन्ने सन्देश राखेको छ। यो सन्देश स्मार्टफोनमा नेटवर्क सिग्नल देखिने ठाउँसँगै देखिन्छ।
अहिले विश्वभर कोरोनाभाइरस महामारी फैलिएको संकटको अवस्थामा स्मार्टफोन प्रयोगकर्ताहरुलाई घरमै बस्न प्रोत्साहित गर्न कम्पनीले यस्तो सन्देश राख्ने निर्णय गरेको हो। स्मार्टफोन निमार्ताका आ–आफ्नै विषेशता हुने र सेटिङ्गसँग सम्बन्धित कारणले गर्दा सबै प्रकारका स्मार्टफोनमा यो सन्देश नदेखिन सक्छ।