लकडाउनमा कांग्रेस नेता कार्कीद्धारा दैनिक ज्यालादारी गर्ने १३ परिवारलाई सहयोग
प्रकाशित २०७६ चैत १५ शनिबार
250
Shares
भक्तपुर। भक्तपुरको सूर्यबिनायक नगरपालिकाका मेयरका प्रत्यासी नेपाली कांग्रेसका नेता विष्णुराज कार्कीले दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेलाई सहयोग गरेका छन् ।
लकडाउनका समयमा दैनिक ज्यालादारी गर्नेको ज्यालादारी नै छुटेपछि खानपानको समेत टुंगो नभएपछि कांग्रेस महासमिति सदस्यसमेत रहेका कार्कीले सहयोग गरेका हुन् ।
उनले आफूले सानो सहयोग बापत केही राहतस्वरुप दाल, चामल, तेल लगायत खाद्य सामग्री वितरण गरेको जनाए ।
नेकपाका केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेतको क्षेत्र सूर्यविनायक सुनपा ७ गुन्डुका ८ परिवार र सुनपा १ मा ५ परिवारलाई कार्कीले सहयोग गरेका हुन् ।
कार्कीले ‘आफूले सकेको सानो सहयोग ज्यालादारी गर्ने र आपत्मा परेकाको खोजी गरि राहत निरन्तर वितरण गर्नेछु’, भने ।
आफू नगरपालिका प्रमुखमा पराजित भए पनि आफूले जनपक्षीय काम गर्न नभुलेको कार्कीले प्रतिक्रिया दिएका छन् ।
कार्कीले कोरोना संक्रमणबाट जुध्ने तयारी स्वरुप रक्तदान कार्यक्रमलाई पनि जारी राखेको बताए। उनले संकटमा रक्तदाता हुनसक्नेहरुको लिष्ट अद्यावधिक बनाएर बसेको समेत जनाए।