सांसद मोहन आचार्यले कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री गरे हस्तान्तरण
प्रकाशित २०७६ चैत १४ शुक्रबार
226
Shares
रसुवा। प्रतिनिधिसभामा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले जिल्ला विपद व्यवस्थापन समिति रसुवालाई कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन्।
बिश्वब्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड-१९ को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचार गर्न सांसद आचार्यले शुक्रबार जिल्ला बिपद व्यवस्थापन समिति रसुवालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन्।
जिल्ला विपद व्यवस्थापन समिति रसुवाको प्रयोजनका लागि दिईएको स्वास्थ्य सामाग्री कालिका प्रहरी चौकि मार्फत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।
सांसद आचार्यबाट प्राप्त स्वास्थ्य सामाग्री ५ हजार पिस मास्क, ३५ सेट पिपिई, १५ थान स्यानेटाइजर, ३ सय ५० थान पन्जा उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले कालिकास्थान प्रहरी चौकिलाई हस्तान्तरण गरेका थिए।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई प्रयोग गर्ने गरि सांसद आचार्यले आफनो व्यक्तिगत खर्चबाट उक्त सामाग्री खरिद गरि जिल्ला विपद व्यवस्थापन समितिलाई उपलब्ध गराएका हुन्।
बिश्वब्यापी संक्रमणको रुपमा रहेको कोभिड १९ को उपचारमा प्रयोग हुने सामाग्री र मास्कको अभाब रहेकोले सामग्रीको उपलब्धतासंगै अत्यावश्यक सामाग्रीहरु सम्भव भएसम्म उपलब्ध गराउदै जाने सांसद आचार्यले बताए।