बर्दियामा ८८ जना क्वारेन्टाइनमा, खाद्यान्न सुलभ हुदै
दीपकलाल श्रेष्ठ,
प्रकाशित २०७६ चैत १४ शुक्रबार
826
Shares
बर्दिया(गुलरिया)। भारतबाट फर्किएका ८८ जनालाई बर्दिया जिल्लाका विभिन्न स्थानका क्वारेन्टाईनमा राखिएको छ । उनीहरुमा कोरोना हुनसक्ने र फैलन सक्ने हुनाले सुरक्षीत तरिकाले क्वारेन्टाईनमा राखिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण अधिकारीले बताए।
भारतबाट आएका मध्य हाल सम्म तिन जनालाई उच्च ज्वरो आएपछि बर्दिया अस्पतालको आइसलेसनमा राखिएको र ८८ जनालाई क्वारेन्टाइन पठाईएको अधिकारले भने । जिल्ला भरि बिभिन्न बिभिन्न कार्यपालिकामा गरि क्वारेन्टाइनका २ सय भन्दा बढिका बेडको निर्माण गरिएको समेत अधिकारीले भने।
आईसोलेसनबाट क्वारेन्टाईनमा पठाईएका विरामीलाई १४ दिन सम्म क्वारेन्टाईनमा राखिने समेत सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।
लकडाउनका कारण बर्दिया जिल्लाका मुख्य बजारहरु पुरै सुनसान देखिएका छन् । खाद्यान्नका लागि भने जिल्लाका सम्पुर्ण बिभिन्न स्थानमा पसलहरु खोलिएका छन् र जिल्लामा खाद्यान्न को कुनै समस्या नरहने र जिल्लामा चाहिने नपुग खाद्यान्न छिमेकी जिल्ला बाट सुलभ तरिकाले ल्याउने गरिएको समेत अधिकारीले बताए।
क्वारेन्टाइनमा बसेकाहरुलाई रेखदेख गर्न नगर स्वास्थ्य केन्द्र प्रमुखको टिम रहने गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले जानकारी दिए। क्वारेन्टाइनमा आएर बसेका हरेकलाई दैनिक रुपमा पोषिलो खाना र स्वच्छ वातावरणको व्यवस्थापन गरिएको गुलरिया नगरपालिका बडा नं १० का बडा अध्यक्ष बिरेन्द्र थारुले बताए। जिल्ला भरिका क्वारेन्टाइनको अवस्था राम्रो रहेको समेत अधिकारीले जानकारी दिए।