बाँकेको डुडुवा र नरैनापुरका दुई युवा पनि कतारबाट ४ गतेकै उडानमा आएको आशंका
सौरभ गिरी,
प्रकाशित २०७६ चैत १२ बुधबार
522
Shares
नेपालगञ्ज। फ्रान्सबाट कतारको दोहा हुँदै आएको जहाजमा रहेका बाँकेका चार जनाको खोजी सुरु गरिएको समाचार सार्वजनिक भएसंगै नरैनापुर र डुडुवा गाउँपालिकाका दुई जना पनि केही दिन अघि मात्रै कतारबाट आएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
उनीहरु कतारबाट केही दिन अघि मात्रै आएकाले कोरोनाको परिक्षण गरेर क्वारेन्टाइनमा राख्नुपर्ने स्थानीयको भनाई छ। नरैनापुरको वडा नम्बर २ देउचवा र डुडुवाको वडा नम्बर २ सन्तलियाका दुई जना युवा ४ गतेकै जहाजबाट आएको गाउँलेले बताएका छन्। गाउँपालिका अध्यक्षका सहयोगी धीरज खड्काले दुई यूवा कतारबाट आएको बताएका छन्। त्यही उडानमा नआएको भएपनि कोरोना प्रभावित देशबाट आएकाले उनीहरुको स्वास्थ्य जाँच गरेर क्वारेन्टाइनमा राख्नुपर्ने स्थानीयको भनाई छ।