मोरङ । कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन भएको पहिलो दिन पुर्वी नेपालका अधिकांश ठाँउहरु सुनसान छन् ।
आज मंगलवार बिहानै देखी प्राय सबै स्थान लकडाउन भएका हुन् । केहि स्थानमा लकडाउन उल्लंघन गर्दै मानिसहरु निस्किए पनि केही बेरपछि मानिसहरुको उपस्थिति पातलो बन्दै गएको छ ।
मोरङको बिराटनगर, रंगेली, बिराटचोक, बेलवारी, पथरी, उर्लावारी, सुनसरीको ईटहरी, धरान,ईनरुवा, भापाको दमक विर्तामोड र पहाडी जिल्लाहरु इलाम, धनकुटा, पाँचथर लगायतका लगागत सबै जिल्लाहरुमा मानिसहरुको चहलपहल ह्वात्तै घटेको छ ।
सडकमा प्रेस, एम्बुलेन्स, पानी ट्यांकरलगायत अत्यावश्यक सेवाका साधनहरु भने देखिन्छन् । प्रहरीहरुले पास भए(नभएको चेक गरेरमात्रै गन्तव्यतर्फ जान अनुमति दिने गरेका छन् ।
मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।