arrow

लकडाउन ! उपत्यकामा फाट्फुट गाडी, जानकारी नपाएर ? 

logo
प्रकाशित २०७६ चैत ११ मंगलबार
kathmandu-valley-view.jpeg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण यसको रोकथाम गर्न सरकारले देशभर लकडाउन गरेको छ । मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरिए पनि फाटफुट रुपमा काठमाडौं उपत्यकामा सवारी साधनहरु चलेका छन् । 

अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन पाइँदैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बिहानीपखको समय भएर हो वा जानकारी नपाएर हो वा के हो सर्वसाधारणले सवारी चलाइरहेको बताएका छन् । 

उनले भने, ‘तर त्यो संख्या न्यून छ । सम्झाएर पठाउने काम भइरहेको छ । भनेको पनि अटेर गरे कार्वाही गर्छौं ।’

अत्यावश्यक कामका लागि गुड्ने सवारी साधनमा पास नचाहिने तर त्यसबाहेकका हकमा जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्नेछ । 

उपरीक्षक श्रेष्ठले कुनै अप्ठेरो परे प्रहरीलाई १०० मा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । 

मन्त्रिपरिषद बैठकले आइतबार नै लकडाउन गर्ने निर्णय लिएको भए पनि सोमबार बेलुकी मात्र सुनाइएको थियो ।

संवेदनशील समयमा आइतबार नै उक्त निर्णय सुनाएको भए सर्वसाधारणले समयमै जानकारी पाउँदा आफूलाई व्यवस्थित गर्न सक्ने थिए भन्ने पनि यसले देखाउँछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ