arrow

कस्तो छ देशभरको मौसम

logo
प्रकाशित २०७६ चैत १० सोमबार
weather11.jpg

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभावका साथै  स्थानिय वायूको समेत प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले अपरान्ह पश्चात विशेष गरी देशका पहाडी भूभागमा सामान्य बदली भई मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको  संभावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

हाल देशको पूर्वी भूभागमा सामान्य बदली रहेको छ भने मध्य र पश्चिमका पहाडी भेगमा आंशिक बदली रहेको छ ।

मौसमविद् बरुण पौडेलका अनुसार यतिबेला उपत्यकालगायत पूर्व र पश्चिमी पहाडी क्षेत्रमा समान्य बदली रहेको छ । दिउँसोदेखि उक्त बदली खुल्ने पनि उनले बताए । पूर्व क्षेत्रमा भने बदली सामान्य अवस्थामा आउन समय लाग्ने उनले बताए । 

अहिले भने वर्षा हुने कुनै सम्भावना छैन । साँझतिर काठमाडौं उपत्यकामा फाटफुट वर्षा हुन सक्नेछ । 

उपत्यकाको सोमबारको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस रहेको थियो । अधिकतम तापक्रम २५ डिग्रीसम्म हुन सक्ने मौसमविद् पौडेलले बताए । 

बिहान ६ः४५ बजेको न्यूनतम तापक्रम ११ डिग्री तथा भिजिबिलिटी ५ किलोमिटर रहेको थियो । तर ७ः१५ मा केही कमी आएको छ । 

यस्तो छ मंगलबार र बुधबारको मौसम पूर्वानुमान

चैत ११ गते (मंगलबार)

दिउँसोः देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । पश्चिमी पहाडि  भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश्चिममी हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिः देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पश्चिमी  पहाडी भूभागका १–२ स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

चैत्र १२ गते (बुधबार)

दिउँसोः देशको पहाडी  भूभागमा आंशिक बदली रही बाँकी भूभागमा  सामान्यतया मौसम सफा  रहने छ । पूर्वी र मध्य पहाडी भूभागका १–२ स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातिः देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। पूर्वी र मध्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य  हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ