कोरोना : नेपालगन्जमा २५ शैयाको 'आइसोलेटेड' अस्पताल तयार
सौरभ गिरी,
प्रकाशित २०७६ चैत ९ आइतबार
398
Shares
नेपालगन्ज। नेपालगन्जमा कोरोना भाइरस उपचारका लागि आइसोलेटेड बेडसहितको अस्पताल तयार गरिएको छ। लायन्स डेन्टल अस्पतालमा उक्त सेवा तयार गरिएको छ।
लायन्स डेन्टल अस्पताल र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा २५ आइसोलेटेड बेडसहितको अस्पताल तयार गरेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए।
डा. थापाका अनुसार भारतबाट आउने नागरिकहरुका कारण कोरोना संक्रमणको जोखिम बढेकाले एक दम चाडै आइसोलेटेड वेड सहितको अस्पताल तयार गरीएको छ। उक्त अस्पतालमा कोरोना संक्रमण देखिएका बिरामीलाई राखिने डा. थापाले बताए।
कोरोना भाइरसबाट बच्न सेल्फ क्वारेन्टाइनमा बस्न समेत सबैलाई डा. थापाले आग्रह गरेका छन् ।