arrow

केवी गुरुङका माईला भाई हेमबहादुरको मृत्यु, आर्यघाटमा दाहसंस्कार

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
Gurung.jpg

काठमाडौ । वीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर(केवी)गुरुङका माईला भाई हेमबहादुर गुरुङको निधन भएको छ । विसं १९९६ साल मंसिर ८ गते इलाम नगरपालिका वडा नंवर २ को चियाबारीमा जन्मिएका गुरुङको २०७६ साल चैत्र ८ गते निधन भएको हो ।

नेपाल चिया निगमका पूर्वमहाप्रवन्धक गुरुङ २०१२ सालदेखिनै नेपाली कांग्रेसमा आवद्ध भएका थिए । उनका दुई श्रीमती, २ छोरा र ३ छोरीहरु रहेका छन् । स्वर्गीय हेमबहादुरको पशुपति आर्यघाटमा आइतबार दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

यसैबीच, नेपाल चिया निगमका पूर्वमहाप्रवन्धक हेमबहादुर गुरुङको निधनप्रति वीपी विचार राष्ट्रिय समाजले गहिरो दुःख ब्यक्त गरेको छ । समाजका केन्द्रीय सहसभापति गोविन्दराज जोशी र महासचिव विनयध्वज चन्दले एक शोक वक्तब्य जारी गदै गुरुङको निधनप्रति समवेदना प्रकट गरेका हुन्।

शोकको यस घडीमा दुःख सहन एवं धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनी ईश्वरसँग प्रार्थन गदै उनका परिवारजनप्रति गहिरो समवेदना प्रकट गदैछौं, साथै दिवंगत आत्माको चिर शान्ति एवं बैकुण्ठबासको कामना सहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौ — शोक वक्तब्यमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ