धनुषा । प्रहरीले मास्क र स्यानिटाइजरको कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले मास्क र स्यानिटाइजरको कालोबजारी गर्नेलाई पक्राउ गरेका छन ।
पक्राउ पर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित सुस्मिता मेडिकलबाट स्थाइ घर सर्लाही बरहथवा नगरपालिका वडा नम्बर ८ भई हाल जनकपुर बस्दै आएका संजय साह, भम्रपुरा चोक स्थित अटल फार्मेसीबाट स्थाई घर धनुषा लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ३ बनिगामा का २६ वर्षीय अनिल कुमार यादव, महोत्तरी जलेश्वर नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय प्रभन्स चौधरी रहेका छन् ।
कोरोना भाइरसको त्राससँगै बजारमा मास्क र स्यानिटाइजरको कालोबजारी बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषासँगको सहकार्यमा प्रहरीले बजार अनुगमन तीव्र गरेका हुन् ।