arrow

मनिपाल अस्पतालमा क्वारेन्टाइन बनाइने तयारी, उपमहानगरमा टोल फ्रि नम्बर

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ चैत ९ आइतबार
manipal.jpg

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाकाले कोरोना भाइरसवाट बच्न र संक्रमण भेटिएपछि हुन सक्ने जोखिमलाई लिएर  विभिन्न प्रयास थालेको छ । उपमहानगर भित्रका सम्पुर्ण स्वास्थ्य कार्यालयलाई एलर्ट गराइएको छ। कोरोना भाइरस कोभिड–१९ विश्व व्यापी महामारीको रूपमा विश्वका १ सय ८६ देशमा फैलिसकेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थित  मनिपाल शिक्षण अस्पतालको भवनलाई आइसोलेशनका रुपमा तयार गर्न निरिक्षण गरिएको छ । कोरोनाको शंका लागेका विरामीहरुलाई राख्न मनिपाललाई आइशोलेसनको रुपमा तयार गरिने जनकपुरधाम उपमहानगरपालिका मेयर  लाल किशोर साहले बताए ।

ओइसोलेसनको अभावलाई मध्येनजर गर्दै बन्द रहेको मनिपाल शिक्षण अस्पतालको भवनलाई आइसोलेशनका रुपमा तयार गर्न  मेयर साहले शनिबार  निरिक्षण गरेका हुन् ।   कोरोनाको शंका लागेका विरामीहरुलाई राख्न मनिपाललाई आइशोलेसनको रुपमा तयार गरिने मेयर साह ले बताए ।

मणिपाललाई क्वारेन्टाइन बनाएर शंकाष्पद विरामीलाई त्यहाँ १४ दिनसम्म राख्ने व्यवस्था मिलाइने छ । संक्रमण पाइएमा जानकी मेडिकल कलेज, प्रादेशिक अस्पताल र सिटी अस्पतालको आइसोलेशनमा राखिने मेयर साहले बताए ।

नेपाल र प्रदेशमा अहिले सम्म संक्रमणको पुष्टी नभए पनि संक्रमण पता लागेपछिको तयारी अवस्था समेत आवयश्क रहेकाले तयारी थालिएको छ  ।

शंका लागेको व्याक्तिलाई छिटटै उपचार गराउन उपमहानगरपालिकाले आइतवार राति  देखि टोल फ्रि नम्बर शुरु गर्न लागेको समेत मेयर साहले बताए ।

प्रदेश सरकारको मुख्यालय मधेश भवन प्रवेशद्वारमा कोरोना सर्तकता अपनाइएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणको सचेतनाका लागि मधेश भवनको  गेट नम्बर ३  प्रवेशद्वारमा सुरक्षाकर्मीहरु प्रवेशगर्नेहरुको तापक्रम नाप्न थालेका  हुन् ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत कोरोना परिक्षणमा खटेको डाक्टर संतोष कुमार साहले सुरक्षाकर्मीहरुलाई कोरोना बारे प्रशिक्षण दिइरहेका छन्। अहिलेसम्म नेपालमा कोरोना भाईरसको संक्रमण नदेखिएपनि सुरक्षा र भाईरसबाट बच्ने उपाय सम्वन्धी तालिम प्रदान गरिदै आएको हो ।

तालिममा मास्क लगाउने,  साबुन पानी ले हात धुने, सेनेटाइजरको प्रयोग रोगको देखापर्ने लक्ष्ण र उपचारको विषयमा जानकारी दिइदै छ । दम फुल्ने, रुघाखोकी लाग्ने, एक्कासी ज्वारो लाग्ने, दिशा पातलो आउने जस्ता लक्ष्णहरु देखिएपछि उपचारमा ध्यान दिनुपर्ने तालिममा सहभागि चिकित्सहरुले बताए ।

यो रोगबाट सुरक्षित रहन र अरुलाई कसरी बचाउने लक्ष्ण देखिए नजिकको अस्पतालमा  पुर्याउने, भेला नगर्ने, भिडभाड क्षेत्र जस्तै बजारहरुमा अनावयश्क नजाने सर्तकताका  अपानाउन भनेका छन।

अवलोकनमा जनकपुरधामकी उपमेयर , वडा अध्यक्ष, स्वास्थ्य निर्देशनालयका प्रतिनिधी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधीहरुले उपस्थित थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ