arrow

डोटी जिल्लामा मास्कको अभाव

logo
प्रकाश बम,
प्रकाशित २०७६ चैत ८ शनिबार
Doti-hamrakura.jpg.jpeg

डोटी। कोरोना भाइरसका कारण विश्व नै त्रसित भएको बेला डोटी जिल्लामा मास्कको अभाव देखिएको छ। बजारमा मास्क खोज्नेहरुको संख्या बढ्न थालेको छ। जिल्ला अस्पताल तथा मेडिकलहरुमा समेत मास्क नपाएको गुनासो बढ्दै गएको छ। ‘केही थान मास्क ल्यायर छिमेकीलाई बितरण गरौं भनेको जिल्लाभर घुम्दा समेत मास्क भेटिएन’दिपायलका व्यापारी रमेश जोराले गुनासो गरे।

जिल्लाका बिभिन्न अस्पतालहरुमा आइसोलेसन कक्षा राखेको बताए पनि जिल्लामा सामान्य मास्कको समेत अभाव देखिदै आएको छ। व्यापरिहरुले आफुले नै मास्क खरिद गर्न नपाएको गुनासो गर्दै आएका छन्। पहिला मास्कहरु कटाउँ नै मुस्किल हुन्थ्यो अहिले कोरोना फैलिए देखी मास्क नै आउन छाडको छ, ‘सिलगढिका व्यापारी बिस्नु मल्लले भनिन्, 'धनगढिबाट मास्क ल्याउन खोजेको बिक्री गर्नको लागि दिन नमाने बताइन्।’ पछिल्लो समय फार्मेसीहरुमा समेत मास्क आउँन छाडेको छ। पुरानो स्टक मास्क सकिए पछि मास्क नै पाउँन मुस्किल भएको फार्मेसी सञ्चालकहरु बताउँछन्।

दैनिक उपभोग्यका सामग्रीहरुको अभाब हुनुका साथै मुल्य समेत बृद्धि भएको श्रोतको भनाइ छ। जिल्लामा तरकारीको मुल्य दोब्बरले बृद्धि भएको छ। पहाडी जिल्लाहरुमा मास्कको व्यापार त्यति धेरै मात्रामा नहुने गरेको बताउदै अहिले आवश्यक परेको समयमा पाउँन गाह्रो छ। प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भने,‘यसको बैकल्पीक उपाय खोज्नु पर्छ।’ मास्क नपाउने समस्या सबै ठाउँ छ। यहाँको मुख्य व्यापारिक केन्द्र धनगढीबाटै व्यावरीहरुले नपाउने अवस्था छ। उनले भने,‘यहाँका स्थानीय सरकार संग समन्वय गरेर स्थानीय तहमै मास्क उत्पादन गर्ने प्रबन्ध मिलाउन समन्वय गरिरहेको बताए।

स्थानीयतह अर्न्तगतका स्वास्थ्य शाखाहरु, स्वास्थ्य चौकीहरुमा समेत मास्कको अभाव देखिएको छ। कोरोना संक्रमणले विश्वव्यापी रुप लिदै गर्दा डोटी लगायत सुदूरपश्चिमका अन्य जिल्लाहरुमा समेत मास्कको अभाव देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ