arrow

वडाध्यक्षमाथि हातपात गर्ने जैशी सार्वजनिक हितबिपरितको उजुरीपछि पक्राउ

logo
प्रकाशित २०७६ चैत ७ शुक्रबार
jaisi.png

बौनिया । कैलालीको लम्कीचुहामा वडाध्यक्षमाथि गालीगलौज र हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर ३ का वडाअध्यक्ष भक्तबहादुर चलाउनेमाथि हातपात गर्ने सोही ठाँउका छविलाल जैशीलाई प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष चलाउनेले दिएको उजुरीपछि बिहीबार साँझ जैशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दका अनुसार जैशी विरुद्ध सार्वजनिक स्थानमा गालीगलौज र हातपात गरेको उजुरी परेको छ । उजुरी दर्तापछि शुक्रबार बिहान जैशीलाई म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय धनगढी पठाइएको छ ।वडाध्यक्ष चलाउनेले उनी विरुद्ध सार्वजनिक हित विपरीतको उजुरी दिएका छन् ।

वडाको व्यवस्थितनगरमा वडा स्वास्थ्य चौकी भवन निर्माण कामको सिलसिलामा रहेका बेला आफूमाथि जैशीले हातपात गरेको वडाध्यक्ष चलाउनेले बताएका छन् । स्वास्थ्य चौकी भवन निर्माणको लेआउटको कामका लागि नगरपालिकाका प्राविधिक र वडा अध्यक्ष चलाउनेमा निर्माण स्थलमा गएका बेला अभद्र व्यवहार गरि जैशीले कुटपिटको प्रयास गरेका थिए ।

भवन निर्माणको लागि निर्माण स्थलमा नाप नक्सांकन गर्ने क्रममा बाहिरबाट अकस्मात आएर जैशीले नाप्न प्रयोग गरिने फिर्ता र जमिनमा गाडिएका किला उखालेर फाल्न थालेपछि आफूले किन त्यस्तो गरेको भनेर सोधपुछ गर्दा उल्टै आफूमाथि अपशब्द प्रयोग गरी गालीगलौज गर्दै शरीरमा हातपात गरेको वडा अध्यक्ष चलाउनेको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ