arrow

नेविसंघद्वारा मास्क वितरण

logo
प्रकाशित २०७६ चैत ७ शुक्रबार
nsu-mask.jpg

काठमाडौं । नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोईरालाको दशौं स्मृति दिवसमा नेविसंघले काठमाडौंमा मास्क वितरण गरेको छ । 

नेविसंघ केन्द्रीय समितिको आह्वान तथा नेविसंघ स्याङ्जा -काठमाण्डौं सम्पर्क समितिको आयोजनामा कोरोना भाईरसबाट आफू बचौ र अरुलाई पनि बचाऊ भन्ने अभियान अन्तर्गत नया बानेश्वर काठमाडौंमा मास्क वितरण कार्यक्रम भएको हो ।

सम्पर्क समितिका अध्यक्ष ई. दिपेन्द्र क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रम नेविसंघका महामन्त्रीद्वय बलदेव तिमल्सिना र युवराज पाण्डेयले उद्घाटन गरे।

समितिले २५०० मास्क वितरण गरेको थियो। स्यानिटाईजरले हात स्यानिटाईज गरेर मात्र मास्क वितरण भएको थियो ।

कार्यक्रमको संचालन समितिका सह-सचिव सुयोग चाँपागाईले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ