काठमाडौं । नेपाली कांग्रेसको शुभेक्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही चैत १५ गते हुने तय भएको छैटौं केन्द्रीय कार्यकारिणी समितिको लागि हुने निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसका कारण सरकारले गरेको निर्णय, डब्लुएचओले गराएको सचेतनालाई मध्यनजर गरेर निर्वाचन स्थगित गर्ने निर्णय गरेको सिडेनका कोषाध्यक्ष इञ्जिनियर संजय पाण्डेले जानकारी दिए ।
उनले भने, ‘अर्को मिति तय गरिएको छैन । कोरोनाको त्रास साम्य भएपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनको नयाँ मिति तय गर्छ।’