arrow

'माफियाले चलाएको अस्पताल हो धेरै हल्ला नगर्नुस मारिनुहोला'

छोरी गुमाएकी आमाको बयान

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ चैत ६ बिहिबार
subika-thapa-photo.jpg

काठमाडौं। उपचारका लागि भैरहवास्थित युनिभर्सल शिक्षण अस्पताल पुर्‍याइएकी ८ बर्षकी छोरी सुबिका थापालाई आँखै अगाडी गुमाए पछि अहिले आमा सुनिता थापा रुँदै न्यायका लागि हार गुहार गर्दैछिन। तर न्याय दिने निकाय कानमा तेल हालेर बसेपछि उनी आफू हिडेको जमिन नै भासिएको अनुभव गरिरहेकी छिन्।तर आस अझै मारेकी छैनन्। छोरीलाई न्याय दिलाउने उनको आमाको दृढता भने अझै डग्मगाएको छैन।

बुधवार राती हाम्राकुरासँग मसेन्जर मार्फत सम्पर्कमा आएकी उनले आफूले छोरी गुमाउँदाको पीडा मात्र साटिनन त्यसपछि अस्पताल प्रसासन र स्थानिय प्रसासनले गरेको व्यवहारबाट थप पिडित बनेको गुनासो गरिन्।

पेट दुखेर आम्दा अस्पतालमा भर्ना गरिएकी सुबिकालाई त्यहाँबाट भिडियो एक्सरे गरि थप उपचारका लागि युनिभर्सल अस्पताल रीफर गरिएको थियो। राती १२ बजे युनभर्सल अस्पताल पुर्‍याइए पछि छोरीको उपचार शुरु भइहाल्ला भनेका थापा दम्पती त्यतिखेर छाँगाबाट खसेजस्ता भए जतिखेर न उनको छोरीको उपचार राम्रोसँग हुनसक्यो न विहानसम्म उपचारका लागि विहानसम्म डाक्टर नै आए। 

आकस्मिक कक्षमा उपचारका लागि भर्ना गरिएकी सुबिकाको स्थिति बिग्रिदै जाँदा उनलाई त्यहाँ रहेका नर्सहरुले नदुख्ने औषधी मात्र चलाएको थापा दम्पती बताउँछन्। चिकित्सकहरु नै अस्पतालमा नभएपछि अन्य अस्पतालमा लैजान खोज्दा आफूहरुलाई लैजान पनि नदिइएको सुनिताले भनिन्।

रातीदेखि विहानसम्म आइपुग्दा छोरी निलो भइसकेकी थिइन। डाक्टरहरु आउन ढीला गरेका थिए। अस्पतालमै पुर्‍याएर पनि छोरीको उपचार गराउन नसक्दा छोरीले पीडाको अन्तिम स्वास लिइरहेका हेर्न वाध्य पारिएका थापा दम्पती अहिले अस्पताल प्रसान बिरुद्ध कार्वाहीको माग गर्दै भौतारिरहेकी छिन। गुनासोसँगै एउटै प्रश्न छ मेरो छोरीको किन अस्पतालमै पुर्‍याउँदा पनि उपचार हुन सकेन।

विहान छोरीलाई गुमाइसकेपछि उनलाई अस्पतालका सिनियर चिकित्सकहरुले आएर जुनियरहरुले समयमै नभन्दा आफूहरुले उपचारमा आउन नपाएकव भनेर सम्झाउन खोजे। उनीहरुले गल्ती भएको स्विकार्दै थापा परिवारलाई सान्तवना दिएका थिए। अस्पतालबाट उचित क्षतिपूर्ती दिलाउने आश्वासन समेत दिए। 

तर अस्पताल प्रसासनका मान्छेहरु पछि प्रमुख जिल्ला अधिकारीले भने अनुसार गर्छु भन्दै टक्टकीए। शुरुमा न्याय पाउनुहुन्छ भनेर भन्नेहरु धम्क्याउन थालेको पिडित आमा बताउँछिन्। 

काखको छोरी गुमाएको पीडामा रहेकी आमा सुनितालाई युनिभर्सलकै कर्मचारी तेज कुमार केसीले त अहिले धम्क्याउन थालेका छन्। सुनिता भनिन, 'मलाई निगरानीमा राखेका छौ भनेर केसीले धम्क्याएका छन्।  मिडियामा अस्पतालको वेइज्जत गर्‍यौ, माफिया डनले मार्देला होस गर्नु। तिम्रो ज्यान खतरामा छ विचार गरेर मात्र बोल्नु।'

धम्क्याउने क्रममा केसीले अस्पतालको कस्को हो थाहा छ भन्दै तर्साउने प्रयास गरेको सुनिताले बताइन। छोरी त मार्‍यौ अब हामीलाई पनि मार्‍छौ भने मार भनेर जवाफ दिदा केसीले माफिया डनहरुको लगानी रहेको अस्पताल हो। प्रसासनको पनि साथ छ। एक दुई जना मर्दैमा अस्पताललाई फरक नपर्ने जवाफ दिएको पनि बताइन। 

पिडित आमा सुनिताले केसीको बारेमा लगाएको आरोपको बारेमा केसी स्वयंलाई फोन गर्दा उनले मोवाइन उठाएनन्। अस्पतालका निर्देशक कमल ढकालसँग सम्पर्क गर्दा उनले पनि फोन काटे। घटना पछि पिडितहरुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई समेत यसको उजुरी दिए। प्रमुख जिल्ला अधिकारी महादेव पन्तले सो घटनाको विषयमा छानविन गर्न मुलुकी संहिता अन्तर्गत बनेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको कसुरको अनुसन्धान समितिको सचिवालयमा पठाएका छन्।

छानविन समितिले उपचार सहि थियो वा थिएन भन्ने रिपोर्टको आधारमा दोषी देखिए कार्वाही गर्ने बताएका छन्। तर त्यो समितिको वैठक कहिले बस्छ अनि कहिले त्यसो रिपोर्ट आउँछ स्वयं पन्तलाई पनि थाहा छैन। तर छोरी गुमाएका थापा दम्पती अहिले पनि आँसु झार्दै भौतारिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ