कोरोना: भेला हुन नपाइने, सिनेमा हल बन्द, यूरोपका सबै मुलुकबाट आउन प्रतिबन्ध
प्रकाशित २०७६ चैत ५ बुधबार
780
Shares
काठमाडौं । कोरोना (कोभिड १९) भाइरसका कारण विश्वका शक्तिशाली राष्ट्रहरु थलिएको बेला नेपाल सरकारले भाइरसको जोखिम निम्तिन सक्ने भन्दै २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । साथै सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायत बन्द गर्ने निर्णय गरेको छ। बैशाख १८ गते सम्मलाई बन्द गर्ने निर्णय गरेको हो।
यसैगरी सरकारले कोरोना भाइरसको संक्रमण देखिएका देशबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको छ। बैठकले यूरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन रोक लगाएको हो।