arrow

प्रदेश दुई : कांग्रेसको ‘मिथिला भोजपुरा’ अस्वीकृत

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ चैत ४ मंगलबार
matpetika.JPG

जनकपुर ।  प्रदेश नम्बर दुईको नामाकरणको लागि नेपाली कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’ प्रदेश पनि बहुमतले अस्वीकृत भएको छ ।

सो प्रस्तावको पक्षमा २८ मत परेको छ। प्रदेशसभामा कांग्रेसका जम्मा १९ सांसद हुन् । यस आधारमा कांग्रेसले ल्याएको उक्त प्रस्तावको पक्षमा कांग्रेस बाहेक थप ९ जनाले मतदान गरेका हुन् ।

१ सय ७ सदस्य रहेको प्रदेशसभाको दुई तिहाई अर्थात कम्तीमा ७२ जनाको मत पाउने प्रस्ताव मात्र पारित हुनेछ ।

यसअघि ३२ सांसद रहेको नेकपाले ल्याएको प्रस्ताव ‘जानकी’ प्रदेश अस्वीकृत भएको थियो । उक्त प्रस्तावको पक्षमा ३७ सांसदले मतदान गरेका थिए ।

अब कांग्रेसकै अर्को एक पक्षले ल्याएको प्रस्ताव ‘मध्य मधेश’ को लागि मतदानको तयारी थालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ