arrow

श्रीमानको कुटाइबाट श्रीमतिको मृत्यु

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार
kutpit1.jpg

कञ्चनपुर, पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका वार्ड नं. ८ क गाउँमा श्रीमानको कुटाईबाट श्रीमती खन्जारी बयाडीको मृत्यु भएको छ ।  सफली बयाडीले लाठी प्रहार गरी आफ्नो श्रीमतीको हत्या गरेका हुन।

चैत २ गते राती १० बजे सामान्य घरायसी बिबादमा ६३ बर्षिया सफलीले श्रीमती ५९ बर्षिय खन्जरी बयाडीलाई लाठीले निर्घात कुटपिट गरेका थिए । कुटपिटपछि  सफलीले घाईते श्रीमतीलाई आफै बोकेर आईबिआरडी स्थित पुनर्वास पोलिक्लिनिकमा लगेका थिए ।

पोलिक्लिनिकमा उपचार सम्भव नदेखिएपछि घाईते श्रीमतीलाई धनगढी पर्‍याएको र त्यहाँबाट नेपालगन्ज पर्‍याएको तर त्यहाँ पनि उपचार हुन नसके  श्रीमतीलाई लिएर सफली पुन: घर फर्किए । घर फर्किए लगत्तै श्रीमती खन्जारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लाठी प्रहार गर्ने श्रीमान सफालीलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको र थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक वकिल बहादुर सिँहले बताए।

मृतकको शव कैलालीको  सेती प्रादेशीक अस्पताल धनगढीमा पोस्टमार्टमका लागि लग्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ